लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी

लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी


जिपी कोइराला स्पोटर्स फाउन्डेसनकी संयोजक तुल्सी थापा शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्।

काठमाडौंको गल्फुटारमा आयोजित एक कार्यक्रममा आइटिएफ तेक्वान्दोकी खेलाडीसमेत रहेकी तुल्सीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। उनी नेपाल नेसनल मार्सल आटर्स गेम्स कन्फेरेडसनकी कोषाध्यक्ष, नेपाल आइटिएफ महासंघ र नेपाल राष्ट्रिय मुवाँथाई संघकी केन्द्रीय सदस्य हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उपसभापति धनराज गुरुङले तुल्सीलाई मनोनयनपत्र प्रदान गरे।

उक्त अवसरमा लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनीतलाई पत्र पनि हस्तान्तरण गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्तामा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका थिए। 

प्रकाशित: १८ चैत्र २०८० ०७:४७ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School