लुम्बिनी गुरुयोजना पूरा हुन नसक्नुको कारण बजेट अभाव मात्रै हो त ?

लुम्बिनी गुरुयोजना पूरा हुन नसक्नुको कारण बजेट अभाव मात्रै हो त ?



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना आवश्यक बजेट अभावमा पूरा हुन सकेको छैन ।

राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले आयोजना गरेको लुम्बिनी विकास कोषबाट भए गरेका ‘कामकारबाही, प्रमुख सवाल, समस्या रभावी कार्ययोजना’ विषयक छलफलमा कोषका अधिकारीहरुले गुनासो गर्नुभएको हो ।

गुरुयोजनाअनुसारका काम गर्न रु १३ अर्ब बजेट आवश्यकपर्नेमा हालसम्म रु सात अर्बमात्र प्राप्त भएको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा सरकारले ३० करोड ७० लाख बजेटमात्र विनियोजन गर्दा सम्पन्न भएका कामको समेत भुक्तानी हुन नसकेको उहाँले बताउनुभयो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले काम भइसकेको ५० करोड भुक्तानी दिन बाँकी रहेको बताउनुभयो । निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा कोषका पदाधिकारी घेरिने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

लुम्बिनीलाई विसं २०७१ मा राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखिएको थियो । गौरवको आयोजनाका रुपमा राखे पनि बजेट आवश्यकमात्रामा प्राप्त हुन सकेको छैन ।

बैठकमा सहभागी सांसदहरु उदयबहादुर बोहरा, इन्दिरादेवी गौतम, विष्णुकुमारी सापकोटा, राजेन्द्रलक्ष्मी गैरे, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया र सभापति सोनाम गेल्जेन शेर्पाले विश्वभर फैलिएका करिब १ अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा गुरुयोजनाले निर्दिष्ट गरेका काम सक्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वभर रहेका बौद्धमार्गी र गैर बौद्धमार्गी पनि शान्तिका अग्रदूत शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले त्यसको प्रचारप्रसार र आवश्यक संरचना विकास गरिनुपर्नेमा सांंसदहरुले जोड दिनुभएको थियो ।

लुम्बिनी गुरुयोजना पूरा हुन नसक्नुको कारण बजेट अभाव मात्रै हो त ?

लुम्बिनी क्षेत्रमा क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्ध गरी तीन जना बुद्धको जन्म भएकाले यो क्षेत्रलाई पवित्र तीर्थस्थलका रुपमा विकास गरी विश्वभरबाट धार्मिक पर्यटक भित्र्याइनुपर्ने उहाँहरुको भनाइ थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School