रोजगारमा आधारित मुख्य श्रेणीका ग्रिनकार्ड फाइल गर्ने मिति मेमा पनि करेन्ट



प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार

रोजगारमा आधारित मुख्य श्रेणीका ग्रिनकार्ड फाइल गर्ने मिति मेमा पनि करेन्ट

सन् २०२६ मे महिनाको भिसा बुलेटिनअनुसार रोजगारमा आधारित मुख्य श्रेणीमा ग्रिनकार्डका फाइल गर्ने मिति करेन्ट नै रहेको छ। विशेषगरी पहिलो, दोस्रो र तेस्रो स्किल्ड श्रेणीमा अमेरिकाभित्रै रहेका आवेदकहरूका लागि ग्रिनकार्ड फाइल गर्ने मिति पूर्ण रूपमा करेन्ट रहेको हो। यसको अर्थ, यी श्रेणीका आवेदकहरूको प्राथमिकता मिति जुनसुकै भए पनि स्टाटस एडजस्टमेन्टका लागि आवेदन दिन सक्नेछन्।

भिसा जारी हुने अन्तिम निर्णय मिति पनि पहिलो र दोस्रो श्रेणीका लागि करेन्ट नै रहेको छ। तेस्रो स्किल्ड श्रेणीको मिति १ जुन २०२४ मा स्थिर रहेको छ। तेस्रो श्रेणीको अन्य कामदारतर्फ ग्रिनकार्ड फाइल गर्ने मिति १ अगस्ट २०२२ मै स्थिर रहेको छ भने यस श्रेणीमा भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट पाउने मिति १ नोभेम्बर २०२१ बाट अग्रता कायम भई १ फेब्रुअरी २०२२ पुगेको छ।

यद्यपि, सबै श्रेणीहरूमा भने यस्तो सुधार देखिएको छैन। रोजगारमा आधारित चौथो श्रेणी र धार्मिक कामदारहरूको श्रेणीको फाइल गर्ने मिति १ जनवरी २०२३ मै स्थिर रहेको छ। यी श्रेणीमा भिसा अन्तर्वार्ता पाउने मिति पनि १५ जुलाई २०२२ नै स्थिर रहेको छ।

पाँचौँ श्रेणीअन्तर्गतका ग्रामीण क्षेत्र र उच्च बेरोजगारी भएका क्षेत्रका लगानीकर्ताहरूको हकमा भने मे महिनामा पनि करेन्ट रहेको छ। जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायतका सबै प्रक्रिया पूरा भएतापनि भिसा भने जारी गरिएको छैन।

जसका कारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन्। जनवरी २१ भन्दा अगाडि भिसा पाइसकेकाहरूलाई भने अमेरिका आउन रोक लगाइएको छैन।





Source link

Leave a Comment