रुससँगको जारी युद्ध यसै वर्ष अन्त्य हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशा

प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन र रुसबिच जारी युद्ध यसै वर्ष अन्त्य हुन सक्ने आशा व्यक्त गरेका छन् ।

एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामी आशा गर्छौँ कि हामी यस वर्ष युद्ध समाप्त गर्न सक्छौँ।’

उनले युद्धका कारण युक्रेनमा अत्यधिक क्षति पुगेको छ र यो सम्पूर्ण राष्ट्रका लागि ‘एकदमै कठिन’ समय रहेको समेत बताए ।

रुससँगको जारी युद्ध यसै वर्ष अन्त्य हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशा

रुससँगको जारी युद्ध यसै वर्ष अन्त्य हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशा

जेलेंस्कीले रुसको आक्रमण रोक्नका लागि आगामी वर्षहरूमा युक्रेनलाई सुरक्षाको ग्यारेन्टी आवश्यक पर्ने बताएका छन्। उनले युरोपेली युनियन (इयू) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा युक्रेनको सदस्यता महत्त्वपूर्ण हुने उल्लेख गरे।

राष्ट्रपति जेलेन्स्कीले हालै शान्ति स्थापना हुन्छ वा नेटो सदस्यता प्राप्त हुन्छ भने आफू पदत्याग गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

Source link

Leave a Comment