राष्ट्रपति बाइडेनबाट एकैदिनमा १५ सय जनाको कैद मिनाहा, ३९ जनालाई आममाफी



प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

राष्ट्रपति बाइडेनबाट एकैदिनमा १५ सय जनाको कैद मिनाहा, ३९ जनालाई आममाफी

राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस महामारीका क्रममा जेलबाट रिहा भई घरमै कैद सजाय भोगिरहेका करिब १,५०० जनाको सजाय माफ गर्ने र ३९ जना गैरहिंसात्मक अपराधमा दोषी ठहरिएका अमेरिकीहरूलाई पूर्ण रूपमा क्षमा दिने घोषणा गरेका छन्। यो आधुनिक इतिहासकै सबैभन्दा ठूलो एकदिने क्षमादान हो।

बिहीबार घोषणा गरिएका सजाय माफी रिहा भएको कम्तीमा एक वर्ष घरमै कैद भोगेकाहरुा लागि हो । महामारीका बेलामा जेलहरू भाइरस फैलनका लागि अत्यन्त असुरक्षित स्थान थिए, जसका कारण केही कैदीलाई भाइरसको प्रसार रोक्नका लागि रिहा गरिएको थियो। महामारीको बेला एक समयमा पाँच जना कैदीमध्ये एकजनालाई कोभिड १९ लागेको थियो।

बाइडेनले आगामी हप्ताहरूमा थप कदम चाल्ने र क्षमादानका लागि आएका निवेदनहरूको पुनरावलोकन गर्न जारी राख्ने बताएका छन्। दोस्रो सबैभन्दा ठूलो एकदिने क्षमादान २०१७ मा बाराक ओबामाले गरेका थिए, त्यतीबेला उनले एकैदिन ३३० जनालाई रिहा गरेर गरेका थिए।

अमेरिका सम्भावना र दोस्रो अवसरको वाचामा आधारित देश भएको बाइडेनले एक वक्तव्यमा बताएका छन् । पश्चात्ताप र सुधार देखाएका व्यक्तिहरूलाई दया देखाउन, उनीहरूलाई समाजमा पुन सहभागी हुने अवसर दिन, र गैरहिंसात्मक अपराधमा, विशेष गरी लागूऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका व्यक्तिहरूका लागि सजाय असमानताहरू हटाउन कदम चाल्न पाउँदा गर्वको महसुस गरेको बाइडेनले बताएका छन् ।

यो क्षमादान उनको छोरा हन्टरलाई पूर्ण रूपमा माफी दिने निर्णय पछि आएको हो, जसलाई बन्दुक र करसम्बन्धी अपराधका लागि अभियोग लगाइएको थियो। बाइडेनमाथि अधिकारवादी समूहहरूले संघीय मृत्युदण्डको पखाईमा रहेका र अन्य थुप्रैलाई माफी दिन दबाब दिएका छन्। उनले २०२० मा आफ्नो अभियानका क्रममा मृत्युदण्ड समाप्त गर्न चाहने बताएका थिए, तर त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन्।

सजाय माफीको क्रममा राष्ट्रपतले दोषीको सजाय कम गर्न वा समाप्त गर्न सक्छन्, तर यो अपराध निश्चयतः माफ गरिएको भन्ने हुँदैन। परम्परागत रूपमा राष्ट्रपतिले आफ्नो कार्यकालको अन्त्यमा क्षमादान दिने गर्छन्।

बिहीबार माफी पाएका व्यक्तिहरूमा लागूऔषध अपराधमा दोषी ठहरिएका र आफ्नो जीवनलाई सुधार गरेका मानिसहरू छन्। तीमध्ये एकजना प्राकृतिक प्रकोपका समयमा आपतकालीन टोलीहरूको नेतृत्व गर्ने महिला। आणविक जैवविज्ञानमा विद्यावारिधि गरिरहेका विद्यार्थी र एकजना सम्मानित सैन्य भेट्रान समेत रहेका छन्।

बाइडेनले यसअघि १२२ जनाको सजाय माफी र २१ अन्यलाई क्षमादान दिइसकेका छन्। उनले संघीय भूमिमा र डिसीमा गाँजाको साधारण प्रयोग र स्वामित्वमा दोषी ठहरिएकाहरूलाई व्यापक रूपमा माफी दिएका थिए।

राष्ट्रपति बाइडेनबाट एकैदिनमा १५ सय जनाको कैद मिनाहा, ३९ जनालाई आममाफी

संसद सदस्य जिम म्याकगोभर्न र अन्य ३४ जनाले पर्यावरण र मानव अधिकारका वकिल स्टेभन डनजिगरलाई माफी दिन आह्वान गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीको समयमा धेरै संघीय मृत्युदण्ड कार्यान्वयन गरेको थियो । बाइडेन अब संघीय मृत्युदण्ड पर्खाइमा रहेका कैदीहरूका लागि कदम चाल्ने दबाबमा छन्।

राष्ट्रपति कार्यालयबाट बाहिरिने समय नजिकिँदै गर्दा बाइडेनले आफ्नो माफीको शक्ति प्रयोग गरेर भविष्यका सम्भावित अभियोजनको सुरक्षा गर्ने सम्भावना पनि विचार गरिरहेका छन्। यद्यपि यसले स्थापित गर्ने नजिरप्रति उनी सचेत रहेको बताएका छन्।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School