राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपतिबिच भेटवार्ता , आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिबद्धता

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपतिबिच भेटवार्ता , आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिबद्धता



प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताउनुभएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउनु भएको पनि बताउनु भयो ।

स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुकका रुपमा रहेको बताउँदै राष्ट्रपति पौडेलले यस देशले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अङ्गिकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताउनुभएको थियो ।

त्यसअवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनु भयो । पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएकामा स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउनुभएको जनाइएको छ ।

उहाँले तेन्जिङ नोर्गे शेर्पाका नातीले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देश भूगोलमा मात्र नभई संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले दुई देशबीचको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो निरन्तर चलिरहने विश्वास दिलाउनुभएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School