राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ



प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन ।

ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी डाउ जोन्स र यसको मालिक रूपर्ट मर्डकविरुद्ध १० बिलियन डलरको मानहानि मुद्दा दायर गरेका हुन ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा लेखका कारण ट्रम्पले उक्त मुद्दा दायर गरेका हुन् । उनले यौन अपराधी जेफ्री एपस्टिनलाई ‘उज्यालो र अश्लील’ खालको जन्मदिन सन्देश लेखेका थिए भनेर उक्त लेखमा उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

सन् २००३ मा ट्रम्पले एपस्टिनको ५० औं जन्मदिनको अवसरमा पठाएको भनिएको सो नोट “नक्कली” भएको ट्रम्पको दाबी छ ।

‘हामीले झूटा, दुष्प्रेरित, बदनियतपूर्ण र नक्कली समाचार प्रकाशित गर्ने सबैको विरुद्धमा शक्तिशाली मुद्दा दायर गरेका छौं ,वाल स्ट्रिट जर्नल लाई न्यायिक प्रक्रियामा लगिने छ’ । रूपर्ट मर्डक र उनका ‘साथीहरू’ ले अब लामो समयसम्म जबाफ दिनु पर्नेछ’ भनेर उनले आफनो सामाजिक सञ्जालमा लेखेका छन ।

उनका अनुसार पत्रिका र मर्डकलाई यो खबर छापिएमा मुद्दा हालिने चेतावनी पहिले नै दिइएको थियो । हाम्रो रिपोर्टिङको सत्यता र अनुसन्धान प्रक्रियामा पूर्ण विश्वास गर्छौं र मुद्दाको दृढताका साथ प्रतिवाद गर्नेछौं भनेर वाल स्ट्रिट जर्नलले भनेको छ ।

रूपर्ट मर्डक ट्रम्पका पुराना चिनजानका मित्र हुन् । ट्रम्पसँग उनी २०२५ को फेब्रुअरीमा ह्वाइट हाउसको ओभल अफिसमा देखिएका थिए । केही विश्लेषकहरूका अनुसार मर्डकको मिडिया साम्राज्यले ट्रम्पलाई राष्ट्रपति बन्न सहयोग गरेको थियो ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पको नाममा पठाइएको भनिएको सन्देशमा टाइप गरिएका केही पंक्तिहरू एउटा नाङ्गो महिलाको हातले कोरिएको आकृतिले घेरेको थियो भनेर भनिएको छ ।

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

उक्त सन्देशमा ट्रम्प र एपस्टिनबीचको काल्पनिक संवाद थियो, जसमा “रहस्य कहिल्यै बुढो हुँदैन” भन्ने व्यंग्यात्मक पंक्ति र अन्त्यमा “एउटा साथी हुनु महान कुरा हो । शुभ जन्मदिन र हरेक दिन नयाँ रहस्यपूर्ण बनोस्” भन्ने लाइन थियो।

ट्रम्प प्रशासनमाथि एपस्टिन मुद्दाको खराब व्यवस्थापनको आलोचना भइरहेका बेला अमेरिकी न्याय मन्त्रालयले एपस्टिनसँग सम्बन्धित गोप्य सामग्रीहरू सार्वजनिक गर्न न्यायाधीशसमक्ष निवेदन दर्ता गराएको छ ।

ट्रम्पले न्यायमन्त्री पाम बोंडी लाई एपस्टिनसम्बन्धी गोप्य प्रमाण सार्वजनिक गर्न आदेश दिएका छन्। केही ट्रम्प समर्थकहरूले बोंडीमाथि दबाब दिँदै राजीनामा माग गरेका छन् ।





Source link

Leave a Comment