राष्ट्रपति ट्रम्पका नीतिविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ नामक व्यापक विरोध प्रदर्शन



प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार

राष्ट्रपति ट्रम्पका नीतिविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ नामक व्यापक विरोध प्रदर्शन

शनिबार अमेरिकाभर राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध ‘नो किंग्स’ नामक व्यापक विरोध प्रदर्शन आयोजना हुँदैछ। आयोजकहरूका अनुसार देशभर ५० वटै राज्यमा ३,२०० भन्दा बढी कार्यक्रम तय गरिएको छ, जसले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो एकदिने अहिंसात्मक प्रदर्शन बन्ने सम्भावना देखिएको छ।

यसअघि भएका दुई ‘नो किंग्स’ आन्दोलनहरूमा लाखौं मानिस सहभागी भइसकेका छन्। यसपटक पनि ठूलो जनसहभागिता हुने अपेक्षा गरिएको छ। मुख्य र्‍यालीहरू न्यूयोर्क शहर, लस एन्जलस, वाशिंगटन, डी.सी. तथा ट्वीन शहरहरूमा आयोजना हुँदैछन्।

आयोजक संस्थाका अनुसार यसपटक विशेषगरी साना शहर तथा समुदायहरूबाट सहभागिता उल्लेखनीय रूपमा बढेको छ। “यस आन्दोलनको विशेषता केवल सहभागीको संख्या होइन, उनीहरू कहाँबाट आएका छन् भन्ने पनि हो,” आन्दोलन सुरु गर्ने संस्था क्ष्लमष्खष्कष्दभि की सह–संस्थापक लेआ ग्रिनबर्गले बताइन्।

आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा इडाहो, वायोमिङ, मोन्टाना र युटा जस्ता परम्परागत रूपमा रिपब्लिकन झुकाव भएका राज्यहरूमा पनि सहभागिता र सक्रियता बढ्दै गएको जनाइएको छ।

त्यस्तै, बक्स काउन्टी, डेलावेयर काउन्टी, पूर्वी कोब, फोर्सिथ काउन्टी, स्कट्सडेल र चान्डलर जस्ता निर्णायक उपनगरीय क्षेत्रमा समेत आन्दोलनप्रति रुचि तीव्र रूपमा बढेको छ।

यता ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले भने यी प्रदर्शनलाई “केवल केही व्यक्तिहरूको प्रतिक्रिया” भन्दै महत्व नदिएको टिप्पणी गरेकी छन्।

यसैबीच, उत्तरी भर्जिनियामा सयौं प्रदर्शनकारीहरू आर्लिंगटन राष्ट्रिय चिहान नजिक भेला भई पोटोम्याक नदी पार गर्दै नेशनल मलतर्फ मार्च गरेका छन्। प्रदर्शनका क्रममा केही सवारी चालकहरूले समर्थन जनाए भने केहीले विरोधसमेत गरेका छन्।





Source link

Leave a Comment