राष्ट्रपतिमा ट्रम्पले जितेपछि दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरूको चासो बृद्धि



प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

passport book on floor

दोश्रो देशको पासपोर्ट लिनमा अमेरिकीहरुको चासो बढिरहेको सन्दर्भमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि यो चासो अझ बृद्धि भएको विश्वका विभिन्न अध्यागमन फर्महरूले रिपोर्ट गरेका छन्। ग्लोबल सिटिजन फर्म हेन्ली एन्ड पार्टनर्सको न्युयोर्क कार्यालयले यस्तो चासोमा बृद्धि भएको देखिएको बताएको छ ।

चुनावको दिन पछि फोन कल र अनलाइन सोधपुछ अत्यन्तै बृद्धि भएको जनाईको छ । अघिल्लो हप्ताको तुलनामा चुनावी हप्तामा अमेरिकी नागरिकबाट सोधपुछमा ३९२ प्रतिशत वृद्धि भएको बताइएको छ।

आर्टोन क्यापिटल नामको अर्को फर्मले चुनावको भोलिपल्ट नै १२० वटासम्म सोधपुछहरू प्राप्त गरेको बताएको थियो । यो यसको सामान्य संख्याको लगभग पाँच गुणा बढी हो । गुगलमा पनि सेकेन्डरी पासपोर्टको खोजी चुनाव पछिका दिनहरूमा बढेको जनाइएको छ ।

मानिसहरू ट्रम्पले अमेरिकामा आयात हुने सामानमा ट्याक्स बढाउने वाचाबारे चिन्तित देखिएका छन् । यसले कसरी अमेरिकी अर्थव्यवस्था र अमेरिकी डलरलाई असर गर्न सक्छ भन्नेबारे मानिसहरुको चिन्ता छ । युरोपमा खाताहरू स्थापना गर्न र सम्पत्तिहरू अपतटीय स्थानान्तरण गर्नमा जासो बढेको र त्यसो गर्न २ महिनासम्म लाग्ने जनाईएको छ ।

कर छल्न वा आफ्नो पैसा लुकाउन नभई अमेरिकी सरकारको पहुँचबाट टाढा राख्नको लागि मानिसहरुले यसो गरिरहेको जनाईको छ । किनभने अमेरिकाले प्रतिबन्ध लगाएको खण्डमा उनीहरूको सम्पत्ति अमेरिकी बैंकहरूमा मात्रै नराख्ने सुनिश्चित गर्न चाहन्छन्।

चुनावले समलिंगी समुदाय भित्र पनि चिन्ता बढाएको छ। ट्रम्पले चुनाव जितेपछि समलिङ्गी विवाह के हुनेछ भन्नेबारे समलिङ्गी जोडीहरूमा चिन्ता बढेको देखिएको छ । ट्रान्सजेन्डर बच्चा भएका एक परिवारले पनि अर्को देशको पासपोर्टबारे सोधपुछ गरेको ल फर्मले जनाएको छ । नयाँ प्रशासनमा अधिकारको बारेमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।





Source link

Leave a Comment