युरोपेली बजारमा किन खस्कियो एलन मस्कको ‘टेस्ला’को कारोबार ?



प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

विद्युतीय कार निर्माता टेस्लाको बिक्री युरोपेली बजारहरूमा लगातार घट्दै गएको छ। पछिल्लो मार्च महिनामा फ्रान्स, स्विडेन, नर्वे, डेनमार्क, र नेदरल्याण्ड्समा टेस्लाको बिक्रीमा उल्लेखनीय गिरावट आएको छ।

मंगलबार सार्वजनिक भएका तथ्याङ्क अनुसार, फ्रान्समा टेस्लाको बिक्री ३६.८३ प्रतिशतले घटेर ३,१५७ मा झर्‍यो भने स्विडेनमा ६३.९ प्रतिशतले घट्दै ९११ मा सीमित भयो। यस्तै, नर्वेमा बिक्री १ प्रतिशतले घटेर २,२११ मा पुगेको छ। डेनमार्क र नेदरल्याण्ड्समा पनि क्रमशः ६५.६ प्रतिशत र ६१ प्रतिशतले बिक्री घटेको देखिएको छ।

विश्लेषकहरूका अनुसार टेस्लाको बजार हिस्सा लगातार घटिरहेको छ। फ्रान्समा टेस्लाको बजार हिस्सा १.६३ प्रतिशतमा झरेको छ, जबकि चिनियाँ कम्पनीहरू जस्तै बीवाईडी लगायतका अन्य विद्युतीय कार निर्माताहरूले आफ्नो हिस्सा ३.१९ प्रतिशतसम्म बढाएका छन्।

युरोपेली बजारमा किन खस्कियो एलन मस्कको ‘टेस्ला’को कारोबार ?

युरोपेली बजारमा किन खस्कियो एलन मस्कको ‘टेस्ला’को कारोबार ?

टेस्लाका सिइओ एलन मस्कले हालै युरोपमा दक्षिणपन्थी राजनीतिक दलहरूसँग निकटता बढाएपछि विवाद उत्पन्न भएको छ। यसले उपभोक्ताहरूमा नकारात्मक प्रभाव पार्दै टेस्लाको ब्रान्ड मूल्यमा गिरावट ल्याएको बताइन्छ। विश्लेषकहरूले यसलाई ‘कुनै पनि कार ब्रान्डले भोग्नुपरेको सबैभन्दा ठुलो विश्वव्यापी पतन’ भनेका छन्।

यद्यपि, पोर्चुगलमा टेस्लाको बिक्री २ प्रतिशतले बढेको छ, तर त्रैमासिक हिसाबले हेर्दा त्यहाँ पनि २६ प्रतिशतले गिरावट आएको देखिन्छ। विद्युतीय सवारीसाधनको माग बढ्दै गए पनि टेस्लाले बढ्दो प्रतिस्पर्धा, मूल्य युद्ध र सिइओ मस्कका विवादास्पद राजनीतिक विचारहरूका कारण चुनौती सामना गरिरहेको छ।





Source link

Leave a Comment