एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना



प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना

अमेरिकाबाट मार्च महिनामा ३० जना नेपालीहरुलाई अमेरिकाले देशनिकाला गरेको छ । मार्च महिनामा अमेरिकाबाट देशनिकाला भएका ३० जना नेपाली नागरिकहरू नेपाल आइपुगेको नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीले खसोखासलाई जानकारी दिएका हुन् । जसमा ६ जना महिला र २४ जना पुरुष रहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएदेखि हालसम्म ५६ जना नेपालीहरूलाई अमेरिकाले देशनिकाला गरेर नेपाल पठाएको छ । थप २ जनालाई अमेरिकाले देशनिकाला गरेर पनामा पठाएको थियो । उनीहरुको अवस्थाबारे भने जानकारी प्राप्त भएको छैन । यसरी ट्रम्पको पदभारपछि कुल ५८ जना नेपालीहरु अमेरिकाबाट देशनिकाला भएका छन् ।

जनवरी २० पछि जनवरीमा ६ जना नेपालीहरुलाई अमेरिकाले देशनिकाला गरेको थियो । फेब्रुअरीमा २० जना नेपालीहरुलाई अमेरिकाले देशनिकाला गरेकोमा मार्चमा यो तथ्यांकमा बृद्धि भएको छ । फेब्रअरी ८ मा एकैदिन ६ जना नेपालीहरु अमेरिकाबाट देशनिकाला भएर नेपाल पुगेका थिए ।

एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना

एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना

त्यस्तै मार्च ५ मा अमेरिकी अध्यागमन आइसले देशनिकाला गरेका ८ नेपालीलाई लिएर गएको देशनिकालाको चार्टड विमान काठमाडौं पुगेको थियो । मार्च ५ मा देशनिकाला गरेर नेपाल लगिएका ८ जना नेपालीहरुमध्ये ६ जनासँग म्यादसहितको नेपाली पासपोर्ट रहेको थियो भने २ जनालाई वासिंटन डिसीमा रहेको नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।

अमेरिकाबाट देशनिकाला भएका नेपालीहरुमा दलाललाई लाखौं रकम तिरेर मेक्सिकोहुँदै अमेरिका प्रवेश गरेका नेपालीहरु समेत रहेका छन् । तर उनीहरु कतिजना छन् भन्ने यकिन विवरण भने प्राप्त भएको छैन ।

एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना

अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट बनाइदिदै आएको छ ।

अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका नागरिकहरु स्वीकार नगर्ने देशलाई कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिदै आएका छन् । सोही अनुरुप कतिपय देशका सरकारी अधिकारीहरुलाई अमेरिकी भिसामा अमेरिकाले बेलाबेलामा प्रतिबन्ध समेत लगाउँदै आएको छ । तर नेपालका सन्दर्भमा भने कहिले पनि यस्तो समस्या उत्पन्न भएको छैन ।

एक्सक्लुसिभ: मार्चमा ३० नेपाली अमेरिकाबाट डिपोर्ट, ट्रम्पको पदभारपछि कुल ५८ जना

आइसले पक्राउ गरेर तुरुन्तै देशनिकाला गर्न सक्ने भनेको अमेरिकाबाट पहिले नै देशनिकालाका आदेश पाइसकेका वा अमेरिकामा कुनै कागजात फाइल नगरी बसेका अमेरिका आएको २ बर्ष नपुगेका कागजातविहीनलाईमात्र हो । अन्य व्यक्तिलाई देशनिकालाका लागि आइसले अध्यागमन अदालतमा पेश गरेर त्यहाँबाट देशनिकालाको आदेश लिनुपर्छ । र, यो प्रकृयाका लागि कैयन महिना लाग्नसक्छ ।

ट्रम्प प्रशासन सुरु भइसकेपछि आइसले अहिलेसम्म कतिजना नेपालीहरुलाई पक्राउ गरेको छ भन्नेबारे यकिन विवरण प्राप्त भएको छैन । यस अगाडि बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई आइसले पक्राउ गरेको थियो भने १३० जनालाई डिपोर्ट गरेको थियो । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा पठाएका नेपालीहरुको संख्या २७ सयभन्दा बढी रहेको थियो । आइसको रिपोर्ट अनुशार ४ बर्षको अवधिमा आइसको हिराशतमा २८९१ जना नेपालीहरु परेका थिए ।

आइसले बाइडेन कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरु विभिन्न अपराधमा दोषी ठहरिएकाहरु थिए भने २०२३ मा पक्राउ परेकाहरुमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।

त्यस्तै विनाभिसा सिमा पार गर्ने क्रममा सीबीपी लगायतले पक्राउ गरेर आइसको हिराशतमा राखिएका र आइस आफैले अमेरिकाभित्र पक्राउ गरेका नेपालीहरु आर्थिक बर्ष २०२४ मा ७१० जना, २०२३ मा ८३५ जना, २०२२ मा ९६२ जना र २०२१ मा ३८४ जना रहेका थिए ।

पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए ।

बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । तर सबै नेपालीहरुलाई आइसको हिराशतमा पठाइएको थिएन । केबल झण्डै २८ सय नेपालीहरुलाई मात्र आइसको हिराशतमा पठाइएको थियो । अरुलाई क्याच एण्ड रिलिज नीति अन्तरगत अमेरिकामा छाडिएको थियो ।

अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।





Source link

Leave a Comment