युरोपा लिग : लिभरपुल घरेलु मैदानमै एटलान्टासँग पराजित

युरोपा लिग : लिभरपुल घरेलु मैदानमै एटलान्टासँग पराजित


३० चैत, काठमाडौ । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल घरेलु मैदानमै इटालियन क्लब एटलान्टासँग ३-० ले पराजित भएको छ ।

घरेलु मैदानमै अप्रत्यासित हार बेहोरेको लिभरपुलका लागि अर्को चरण पुग्न अब ठूलो पहाड चढ्नुपर्नेछ ।

एटलान्टालाई सानदार जित दिलाउन वेष्टहमका पूर्व फरवार्ड जियानलुका स्कामाक्काले ३८औं र ६०औं मिनेटमा गोल गरे । यस्तै चेल्सीका पूर्व खेलाडी समेत रहेका मारियो मासालिकले ८३औं मिनेटमा गोल थपे ।

लिभरपुलका लागि डार्विन नुनेजले दुई राम्रो अवसर गुमाए । यस्तै बेन्चबाट खेल सुरु गरेका मोहमद सालाहलको प्रहार युवान मुस्सोले बचाएका थिए ।

अवे लेगमा प्राप्त जितपछि एटलान्टा सेमिफाइनल पुग्न दाबेदार बनेको छ । दोस्रो लेगको खेल अर्को साता एटलान्टाको घरेलु मैदानमा हुनेछ ।

यस खेलको विजेताले सेमिफाइनलमा बेनफिका वा मार्सेमध्ये एकसँग खेल्नेछ ।

बेनफिकाले पहिलो लेगमा घरेलु मैदानमा मार्सेलाई २-१ ले पराजित गरेको थियो ।

क्वाटरफाइनल पहिलो लेगको अन्य खेलमा इटालियन क्लबको भिडन्तमा रोमाले एसी मिलानलाई १-० ले तथा जर्मन क्लब बायर लेभरकुजनले इंग्ल्स क्लब वेष्टहम युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School