युद्धविरामको अमेरिकी प्रस्तावमा रुस सकारात्मक, सम्झौता अघि थप छलफल आवश्यक भएको पुटिनको भनाई



प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धविराम सम्बन्धि अमेरिकी प्रस्ताव सकारात्मक भएको बताएका छन ।

मस्कोमा पत्रकार सम्मेलनमा बोल्दै पुटिनले ३० दिने युद्धविराम प्रस्ताव सकारात्मक भएपनि सम्झौता अघि धेरै विषयबस्तुमा थप छलफल आवश्यक रहेको बताए । अमेरिकाले अगाडी बढाएको युद्धविराम प्रस्ताव महान र सही भएको पुटिनले बताए ।

उनले अमेरिकी प्रस्तावमा रुसको सैदान्तिक समर्थन रहेको भन्दै यसलाई व्यवहारिक बनाउन धेरै कुरामा छलफल आवश्यक रहेको बताए ।

युद्धविरामको अमेरिकी प्रस्तावमा रुस सकारात्मक, सम्झौता अघि थप छलफल आवश्यक भएको पुटिनको भनाई

युद्धविरामको अमेरिकी प्रस्तावमा रुस सकारात्मक, सम्झौता अघि थप छलफल आवश्यक भएको पुटिनको भनाई

उनले युद्धविराम लागु भएमा कूस्र्क र अन्य क्षेत्रहरुको परिस्थिती कसरी विकसित हुनेछ भनेर प्रश्न गरेका छन । पुटिनले यस विषयमा अमेरिकी समकक्षीसँग टेलिफोनमा कुराकानी गर्ने बताएका छन ।

तर यो कुराकानी बिहिबार हुने संभावना भने नरहेको क्रेमलिनका प्रबक्ता दिमित्री पेसकोभले बताएका छन ।

३० दिनका लागि युद्धविराम गर्न युक्रेनलाई सहमत गराएको अमेरिकाले रुससँग शान्ति वार्ता गर्न प्रतिनिधिमण्डललाई मस्को पठाएको छ ।

युक्रेनले युद्धविरामका लागि रुसलाई सहमत गराउने जिम्मेवारी अमेरिकाको भएको बताएको छ ।





Source link

Leave a Comment