युक्रेनको निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण गर्ने तयारीमा रुस, जहाँ बस्छन् लाखौं नागरिक

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

रुसले युक्रेन आक्रमणको तीन वर्षमा पहिलो पटक पूर्वी निप्रोपेत्रोभ्स्क क्षेत्रमा प्रवेश गर्न लागेको आइतबार जनाएको छ ।

मस्कोले युक्रेनका पाँच वटा क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरे पनि निप्रोपेत्रोभ्स्कमाथि औपचारिक दाबी गरेको छैन ।

रक्षा मन्त्रालयले भनेको छ, “एक ट्याङ्क युनिटका सेनाहरू डोनेट्स्क पिपुल्स रिपब्लिकको पश्चिमी सीमामा पुगिसकेका छन् र निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण जारी राखेका छन्।”

युक्रेनको निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण गर्ने तयारीमा रुस, जहाँ बस्छन् लाखौं नागरिक

युक्रेनको निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण गर्ने तयारीमा रुस, जहाँ बस्छन् लाखौं नागरिक

युक्रेनको अर्को क्षेत्रमा रुसी सेनाको प्रवेश युद्धभूमिमा महिनौंदेखिको असफलताका कारण किएभका सेनाका लागि साङ्केतिक र रणनीतिक प्रहार दुवै हो ।

रुसको उक्त वक्तव्यबारे युक्रेनले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

क्रेमलिन समर्थित पृथकतावादी र रुसी सेनासँगको एक दशकभन्दा लामो द्वन्द्वमा युक्रेनले अहिलेसम्म मध्य क्षेत्रको भूभागमा लडाइँ गर्नुपरेको छैन ।

निप्रोपेत्रोभ्स्क युक्रेनको लागि एक महत्वपूर्ण खानि र औद्योगिक केन्द्र हो र यस क्षेत्रमा गहिरो रूसी प्रगतिले किएभको सङ्घर्षरत सेना र अर्थव्यवस्थाको लागि गम्भीर प्रभाव पार्न सक्छ ।

रुसले आक्रमण सुरु गर्नुअघि यसको जनसङ्ख्या करिब ३० लाख रहेको अनुमान गरिएको छ । क्षेत्रीय राजधानी, निप्रोमा लगभग १० लाख मानिसहरू बस्छन् ।

युक्रेनको निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण गर्ने तयारीमा रुस, जहाँ बस्छन् लाखौं नागरिक

युक्रेनी सेनाका जवानले यसअघि एएफपीसँग किएभको सेनाले रक्षात्मक स्थानको रूपमा प्रयोग गर्न सक्ने प्राकृतिक अवरोध वा गाउँहरू कम भएकाले रूसले धेरै समतल क्षेत्रमा अपेक्षाकृत छिटो प्रगति गर्न सक्छ ।

Source link

Leave a Comment