युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अवधि घटाउने



प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अवधि घटाउने

युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अवधि घटाउने भएको छ । आफ्नो नीति पुस्तिका अपडेट गर्दै युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अधिकतम वैधता अवधिमा उल्लेख्य कटौती गरेको हो। यो कदम बढेको राष्ट्रिय सुरक्षा र जालसाजी निवारणका लागि आवश्यक भएको एजेन्सीले जनाएको छ।

यो परिवर्तन विचाराधीन र भविष्यका आवेदनहरूमा तुरुन्तै लागू हुनेछ । जसले गर्दा अमेरिकामा काम गर्न खोज्ने गैर नागरिकहरूको बारम्बार जाँच गर्न आवश्यक बनाउनेछ भने यो बढाइएको छानबिनले धोखाधडीलाई रोक्न र सम्भावित हानिकारक मनसाय भएका विदेशीहरूलाई पत्ता लगाउन मद्दत गर्ने अधिकारीहरूले बताएका छन् ।

डिसेम्बर ५, २०२५ वा त्यसपछि विचाराधीन वा दायर गरिएका आवेदनहरूका लागि प्रारम्भिक वर्क परमिट र नवीकरणको अधिकतम वैधता अवधि पाँच वर्षबाट घटाएर १८ महिना कायम गरिने भएको छ । शरणार्थीको रूपमा भर्ना भएका वा एसाइलम दिइएका विदेशीहरू, देश निकाला रोक्का गरिएका विदेशीहरू, एसाइलमका आवेदन विचाराधीन रहेका विदेशीहरू, ग्रिनकार्ड आवेदन विचाराधीन रहेको अवस्थामा वर्क परमिट पाउनेहरुको वर्क परमिटको अवधि अब ५ बर्षबाट घटाएर १८ महिना बनाइने भएको हो ।

युएससीआईएसका निर्देशक जोसेफ एड्लोले सुरक्षा कारणलाई जोड दिँदै वर्क परमिटको अधिकतम वैधता अवधि घटाउनाले अमेरिकामा काम गर्न खोज्नेहरूले सार्वजनिक सुरक्षालाई खतरामा पार्ने वा हानिकारक अमेरिकी विरोधी विचारधारालाई बढावा नदिने सुनिश्चित गर्ने बताएका छन् । उनले बारम्बार जाँचको आवश्यकतामा जोड दिन नेशनल गार्ड सदस्यहरूमाथि भएको हालैको आक्रमणलाई औंल्याएका छन् ।

युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अवधि घटाउने

यस अगाडि जुलाई २२, २०२५ बाट लागू हुने गरी टीपीएस र परोलमा रहेकाहरुको वर्क परमिटको वैधता अवधि बढीमा एक वर्ष वा एकबर्षभन्दा अगाडि नै परोल वा टीपीएसको अवधिको अन्त्य हुने भएमा उक्त मितिमा सिमित गरिएको थियो । शरणार्थीको रूपमा परोल गरिएका वा परोल दिइएका विदेशीहरू, टीपीएस दिइएका वा विचाराधीन टीपीएस आवेदन भएका विदेशीहरू, उद्यमी परोलका विदेशी दम्पत्तिका लागि वर्क परमिटको अवधि घटाइएको थियो ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment