युएईले दियो १६६ जना नेपाली बन्दीलाई आम माफी



प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको छ ।

युएई सरकारले पवित्र महिना रमजान एवम् इद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको हो ।

पवित्र महिना रमजान एवं इद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

युएईले दियो १६६ जना नेपाली बन्दीलाई आम माफी

युएईले दियो १६६ जना नेपाली बन्दीलाई आम माफी

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरूलाई आममाफी दिएको हो ।

यसअघि, पवित्र रमजान महिना र इदको पर्वको अवसरमा कतार सरकारले १८ जना नेपाली कैदीहरूलाई आममाफी दिएको थियो । नेपाल सरकारले १८ जना नेपाली कैदीहरूलाई आममाफी दिइएकोप्रति कतार सरकारप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।





Source link

Leave a Comment