‘म युएस-बोर्न सिटिजन हुँ’ भन्दै भागिरहिन् २३ वर्षीया जेसलिन, अधिकारीहरू घरको गेटसम्मै पुगे 



प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार

‘म युएस-बोर्न सिटिजन हुँ’ भन्दै भागिरहिन् २३ वर्षीया जेसलिन, अधिकारीहरू घरको गेटसम्मै पुगे 

गत बिहीबार दिउँसो। अमेरिकाको न्यु अर्लिन्सस्थित मार्रेरोको एक किराना पसलबाट घर फर्किँदै गरेकी २३ वर्षीया जेसलिन गुजम्यानलाई के थाहा, केही मिनेटमै उनको बाटो ‘अप्रत्याशित’ डरले अँगाल्नेछ।

जेसलिन गुजम्यान घरतिर हिँडिरहेको बेलामा एक्कासि नम्बर नभएको सिल्भर कलरको एसयूभी गाडी उनको नजिकै आएर रोकियो। गाडीबाट मुख छोपेका दुई आप्रवासन अधिकारी उत्रिए।

पहिले त उनलाई त्यो गाडी उबर होला भन्ने लाग्यो । तर, केही सेकेन्डमै “म्याम, पर्खनुहोस्, नभाग्नुस् !” भन्ने सुनेपछि उनको शरीरले काँप्न थाल्यो । त्यसपछि उनी भागिन्।

भाग्दै गर्दा उनले अधिकारीतिर पटक–पटक चिच्याउँदै भनिन्, “म युएस–बोर्न सिटिजन हुँ। यतै जन्मिएकी, यतै हुर्किएकी। मेरो बच्चा घरमा म पर्खिरहेको छ !”

‘म युएस-बोर्न सिटिजन हुँ’ भन्दै भागिरहिन् २३ वर्षीया जेसलिन, अधिकारीहरू घरको गेटसम्मै पुगे 

उनी रोकिन चाहन्थिन् । तर, डर जति चर्कियो, उनका कदम उति नै छिटो भए। 

केही क्षणमै अर्को एसयूभी पनि देखा पर्‍यो। “गाडी पनि मसँगै दौडिरहेको थियो,” उनले भनिन्, “जस्तो म फेरि भागिरहनेछु भनेर पहिल्यै अनुमान गरेको जस्तै।”

“मलाई छोडिदिनुस् !” भन्दै गुजम्यान घर पुग्नासाथ भित्र छिर्छिन् ।

तर, एउटा रोचक कुरा के छ भने, ती अधिकारीहरूले घरको गेट नाघेनन्। उनको घरको गेटमा पुगेर रोकिए र केही बेरमै फर्किए।

गुजम्यानकी आमाले उपलब्ध गराएको सिसिटिभी फुटेजमा गाडी उनको छेउमा रोकिएको अनि उनी भागेपछि मुख छोपेका दुई अधिकारी पैदल नै उनको पछि लागेको स्पष्ट देखिन्छ ।

अर्को भिडियोलाई हेर्दा गुजम्यान सौतेनी बाबु पाँच जना अधिकारीलाई देखाउँदै चिच्याइरहेका थिए, “यहाँबाट जाऊँ !”

अधिकारीहरू केही बेरमै दुवै एसयूभी चढेर त्यहाँबाट गए । 

भिडियो सार्वजनिक भएपछि अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रतिक्रिया दियो । होमल्याण्ड सेक्युरिटीले भन्यो, बोर्डर पेट्रोल एक फरार गैर कानुनी आप्रवासी खोज्दै थियो, जसलाई चोरी र चोरीका सामानको अवैध कब्जामा दोषी ठहर गरिएको थियो।

“एजेन्टहरूले विवरणसँग मिल्दोजुल्दो एक महिलालाई देखे। उनले परिचय गराए, तर ती महिला भागिन्,” होमल्याण्ड सेक्युरिटीले भन्यो, “उनी घरको सीमामा पुगेपछि एजेन्टहरू रोके। त्यो महिला टार्गेट नभएको पुष्टि भएपछि सबै फर्किए। कुनै पनि गिरफ्तारी भएन।”

गुजम्यान अहिले अलि सहज महसुस गरिरहेकी छन् । तर, घटना मनबाट हटेको छैन।

“म फेरि–फेरि सोचिरहेकी छु, मलाइ के गर्नुपर्ने थियो ? तर, त्यो क्षणमा त केवल डर थियो। मेरो पहिलो सोच थियो,  ‘म बच्चासम्म पुग्नै पर्छ।’”, उनले भनिन् ।

यो भिडियोकै केही दिनअघि ट्रम्प प्रशासनले न्यू अर्लिन्स र मिनियापोलिसमा ठुलो आप्रवासन अभियान थालेको थियो। ट्रम्पले लुइजियानामा नेशनल गार्ड पठाउने घोषणा समेत गरेका थिए।

गुजम्यानले सबैलाई चेतावनी दिइन्, “सुरक्षित रहनुस्, परिवारको ख्याल गर्नुहोस्। यो कठिन समय हो । तर, बलियो बन्नुस्।”

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment