मेयर बालेन र कार्यकारी अधिकृतबीच द्वन्द्व : RajdhaniDaily.com


काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले लामो समयदेखि एकछत्र राज गरी आएका एमाले र नेकाका प्रतिस्पर्धीहरूलाई परास्त गरेका थिए । उनी स्वतन्त्र उम्मेदवार भएकै कारण दलका नेताहरूको आँखामा कसिंगर बनेका हुन् । दलीय स्वार्थभन्दा माथि उठेर बालेनले काठमाडौं महानगरपालिकाको अनुहार परिवर्तन गर्ने प्रयास गर्दै गएँ । उनका राम्रा कामको स्वागत गर्ने खुला हृदय दलका दलबाट निर्वाचित भई आएका अन्य प्रतिनिधिमा पाउन सकिएन । काठमाडौं उपत्यकाका बहुमूल्य सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै, अनियमित तरिकाले बनाइएका घरटहरा सबै भत्काउँदै सार्वजनिक जमिनलाई नगरपालिकाकै स्वामित्वमा र रेखदेखमा राख्ने प्रयास बालेनको देखिएको छ ।

लामो समयदेखि आफ्ना कार्यकर्तालाई आफूखुसी गर्न र गैरकानुनी कार्य गर्न दलहरूले उत्साहित गर्दै आएका थिए । नगरका तथाकथित सुकुम्बासी, भूमाफिया र कार्यकर्ताका रूपमा उदाएका स्वार्थलोलुप झुन्डहरू बालेनको निसानामा पर्दै गए । यी सबै गलत तत्वलाई राजनीतिक दलहरूले संरक्षण दिँदै आएका थिए । यसलाई निरन्तरता दिन चाहे । बालेनका हरेक प्रत्येक अभियान र कार्यक्रममा संघीय सरकारको असहयोग रह्यो । महानगरमा निर्वाचित भई आएका वडाअध्यक्षहरू अधिकांश नेपाली कांग्रेस र एमालेकै थिए । उनीहरूले दलीय निर्देशनअनुसार बालेनलाई काम गर्न अवरोध सिर्जना गर्दै गए । यी सबै अवरोधको सामना गर्दै असल कामका लागि जनताले गरेको समर्थनको बलमा केही सुधारात्मक कार्य मेयर बालेनले गर्न सफल भएका हुन् । उनले जेजति काम गरे ती कामबाट नगरवासीहरू सन्तुष्ट देखिए, समर्थन गर्दै गए । यसबाट दलहरू नगरवासीका दृष्टिमा अक्षम प्रमाणित हुने अवस्था सिर्जना भयो । यो स्थितिलाई नियन्त्रणमा लिनु दलीय हितमा देखियो । त्यसैले दलका मुखियाहरू योजनाबद्ध हिसाबले बालेनलाई असफल बनाउने अभियानमा लागेका छन् ।

दलका नेताहरूको वक्रदृष्टिमा परेका मेयर बालेनलाई असहयोगको शृंखला थपिँदै गयो । सार्वजनिक जमिन मिचेर आफ्ना कार्यकर्तालाई बस्न दिएका राजनीतिक दलले उनले त्यो स्थान खाली गराउन खोज्दा संघीय सरकारबाट सहयोग पाएनन् । आफ्नै प्रहरी र कर्मचारीको सहयोगमा जतिसक्दो राम्रा काम गर्दै गए । यही क्रममा संघीय सरकारले एक कार्यकारी अधिकृतलाई खटाई पठायो । उनलाई राजनीतिक दलको इसारामा मेयरलाई असहयोग गर्न पठाएको भन्ने चर्चा प्रारम्भदेखि हुन थाल्यो । एक टावर निर्माणमा मेयरले प्रक्रियामा राखेको नक्सापास गर्ने कार्यलाई बिनापरामर्श र सम्बन्धित पक्षको समझदारी र स्वीकृतिको अभावमा अपर्झट त्यो विवादित नक्सापास गरी दिने काम कार्यकारी अधिकृतले गरेछन् । १२ तलाका लागि स्वीकृतिप्राप्त गरेको त्यो भवन निर्माणको कामलाई १९ तला बनाउन कार्यकारी अधिकृतबाट स्वीकृति प्रदान भएछ । यसमा आर्थिक चलखेल भएको अनुमान जनप्रतिनिधिले गर्न थालेका छन् । कार्यकारी अधिकृतलाई बिदा बस्न लगाई उनको कार्यकक्षमा ताला लगाई छानबिन कार्य सुरु भएछ । यस कार्यको निष्कर्ष नआउँदै उपमेयर सुनिता डंगोलले आफ्नै नेतृत्वमा कर्मचारी र केही वडाअध्यक्ष साथ लिई कार्यकारी अधिकृतको कार्यकक्षमा लगाएको ताला तोडी बहाली गराउन सफल हुनुभएछ ।

मेयर बालेनले नगर प्रहरीलाई आदेश दिई यो कार्य रोक्न व्यवधान गर्न आदेश दिनुभएको रहेछ । तर, जनप्रतिनिधि र कर्मचारी सबै कार्यकारी अधिकृतलाई बहाली गराउन पहलकदमी गरिराखेकाले प्रहरीलाई रोक्न कठिन भएछ । यसका पछाडि तीन महिनादेखि सबै आर्थिक कारोबार विशेषगरी खर्च लेख्न नसकेको र यसबाट कर्मचारीले तलबसमेत नपाई अन्यायमा परेकाले यो अवस्था सिर्जना भएको तर्क गरिएको छ । यस घटनाक्रमबाट मेयर र उपमेयर दुवै विवादमा तानिएका छन् । यो अवस्था सिर्जना हुनु हामी नगरवासीका लागि पनि किमार्थ राम्रो होइन ।

संघीय सरकारले मेयर बालेनलाई असहयोग गरेकामा सन्देह रहेन । किनकि उनले भ्रष्टाचारमा संलग्न भएको आरोप लगाई अर्को अधिकृत पठाइदिन पटकपटक अनुरोध गरेका थिए । सुनवाइ हुन सकेन । अहिले उपमेयरको नेतृत्वमा ढोकाको ताल्चै फोडी अधिकृतलाई बहाली गराइएको छ । ढोकामा ताल्चा लगाउँदा पनि कानुनसम्मत प्रकारले लगाउनुपथ्र्याे । संघीय सरकारले कानुनतः पठाएको अधिकृतलाई मेयरले कार्यकक्षमा प्रवेश नदिने गर्न मिल्दैन । उनी भ्रष्टाचारी हुन् भने मुद्दा चलेपछि मात्र निलम्बित हुन्छन् । तत्पश्चात् अर्को प्रशासिक अधिकृतले काम गर्छ । यो अवस्था देखिएन ।

छानबिनकै क्रममा कसैलाई भ्रष्टाचारी ठहर गर्न मिल्दैन । तर, यस विषयमा पुनर्बहाली गराउँदा पनि कानुनी आधारमा गरिनुपथ्र्याे । जुलुस लगेर त्यसको नेतृत्व उपमेयर आफैंले ताला तोड्न लगाई तोडफोड गरी कार्यकक्षमा प्रवेश गराइएको छ । यो कानुनको सीधा उल्लंघन भएको हो । यस घटनाका लागि मेयर, उपमेयर, कार्यकारी अधिकृत कर्मचारी सबै दोषी देखिन्छन् । कर्मचारीले शान्तिपूर्ण हिसाबले समस्याको समाधान निकाल्न लिखित जानकारी महानगरपालिकाका मेयरलगायत बोर्डलाई दिन सक्थ्यो । उपमेयरले मेयरसँग यस विषयमा समन्वय गर्नुपथ्र्याे । यदि मेयर छलफलकै लागि तयार नभएमा यो विषयले बोर्डमा प्रवेश पाउनुपथ्र्यो । बोर्डको निर्णयअनुसार बिनातोडफोड कार्यकारी अधिकृतलाई बहाली गराउनुपथ्र्याे । कार्यकारी अधिकृतले लामो समयदेखि निर्णयमा नपुगेको विषयलाई बोर्ड, मेयर सबैलाई बेवास्ता गर्दै सात तला थप गर्नेगरी नक्सापास गर्नुहुँदैन थियो । यो कानुनतः प्रशासकीय अधिकृतकै अधिकारमा भए पनि यति ठूलो कुरामा जनप्रतिनिधिसँग समझदारी गरिनुपथ्र्याे । यो त्रुटि उनीबाट पनि हुन पुगेको छ । त्यसैले काठमाडौं महानगरपालिकामा जे काम भयो, जस्तो ताण्डवनृत्य त्यहाँ देखाइयो । यसले राम्रो सन्देश दिएको छैन ।

स्वतन्त्र हैसियतका बालेनलाई मेयरका रूपमा काम गर्न अबका दिन सहज देखिँदैन । किनकि उनलाई असहयोग गर्ने एउटा जत्था नै तयार भएको छ । बहुदलीय प्रणालीमा दलका टिकटप्राप्त जनप्रतिनिधिको बाहुल्य हुने नै भयो । प्रायः महत्वपूर्ण विषयमा बहुमत सदस्यले सहमति दिनुपर्ने हुन्छ । लामो समयदेखि कानुन हातमा लिएर हिँडेका कार्यकर्तारूपी झुन्डहरूको समर्थनमा दलहरू लाग्ने नै भए । त्यसैले मेयरलाई काम गर्न प्रत्येक पाइलापाइलामा अवरोध सिर्जना हुनेछ, कबाडीले मेयरका विरुद्ध यतिखेर नाराबाजी गर्नु पनि यही संकेत हो । विश्वभरको आँकडा हेर्ने हो भने अत्यन्त नगन्य संख्यामा स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेका र त्यसमा पनि अपवादमा मात्र विजयी भएका छन् । यसरी विजयी हुने स्वतन्त्र हैसियतका प्रतिनिधिले अन्त्यमा कुनै एक राष्ट्रिय दलको सदस्यता लिएको उदाहरण विश्वको राजनीतिक इतिहासमा पाउन सकिन्छ ।

हिन्दुस्तानमा सन् १९५१ देखि २०१९ सम्मको अवधिमा ४८ हजारभन्दा बढी स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जसमा २ सय ३४ जना मात्र विजयी भए ती विजयी भएका स्वतन्त्र उम्मेदवारले पनि आफ्नो कार्यसम्पादन उत्कृष्ट बनाउन सकेनन् । लोकतन्त्रमा जनताका मानिस भनेकै दलका मानिस हुन्छन् । स्वतन्त्र हैसियतमा अत्यन्त न्यून संख्यामा प्रतिनिधि जिम्मेवारीमा पुग्छन् । उनीहरूले यी दलबाट विजयी भइरहेकाहरूसँग समझदारी गर्दै काम गर्नुपर्ने हुन्छ । यो अवस्थामा अभियानका रूपमा असल काम गर्न दिने वातावरण बन्दैन ।

हालैको महानगरपालिकाको द्वन्द्वको प्रकरणमा सुनिता डंगोल दलकै टिकटबाट विजयी भएकै कारण मेयर बालेनको विरुद्ध उभिएकी हुन् । उनले यो घटनाबाट आफ्ना मतदाताको समर्थन र क्रेज धेरै घटाएकी छन् । यो उनलाई व्यक्तिगत रूपमा शुभ देखिएन । तर, उनी दलको निर्देशनविपरीत जान सक्ने अवस्था हुँदैन, देखिएन ।

अब मेयर बालेनका कमीकमजोरीका ’boutमा पनि विश्लेषण गरौं । उनको युवा वृत्तमा अत्यन्त राम्रो प्रभाव देखिन्छ । मिडिया र सामाजिक सञ्जालमा उनी छाएका छन् । निर्वाचनमा पूर्ण स्वतन्त्र हैसियतमै उम्मेदवारी दिँदा पनि उनले फेरि मेयर पदमा विजयी हुन सक्ने सम्भावना देखिन्छ । तर, उनी मेयर भएर काम गर्दा आफ्नो सोचअनुसार नगरको विकासमा खुला रूपले अघि बढ्न सक्दैनन् । यस अवस्थाबाट अघि बढ्दा महानगरको विकास नकारात्मक रूपमा प्रभावित हुने स्थिति छ । उनले आफूमा केही सुधार गर्नुपर्ने स्थिति प्रस्ट छ । प्रथमतः काठमाडौं राजधानी सहरको उहाँ मेयर हुनुहुन्छ । यो अत्यन्त महत्वपूर्ण जिम्मेवारी हो । सुझबुझका साथ काम गर्नुपर्ने हुन्छ । जनताका पीरमर्काका ’boutमा छलफलमा खुलेर सहभागिता दिने र समस्याको समाधान गर्ने बानी उहाँमा देखिएन । यसले आम जनतामा उहाँप्रति नकारात्मक टीकाटिप्पणी गर्ने अवस्था बनिराखेको छ । मेयर साहबले मुख्य समस्याका ’boutमा छलफल गर्नुपथ्र्यो । अहिलेकै द्वन्द्वका विषयमा मेयरलाई अन्तरआत्मादेखि मन पराउनेहरू पनि कार्यकारी अधिकृतलाई बहाली गराउन एकजुट भए । यो अवस्था एकाएक आएको थिएन । तीन महिनासम्म कर्मचारीले तलब पाएनन् ।

स्वतन्त्र उम्मेदवारका हैसियतमा निर्वाचन जिती मेयर हुने बालेन, गोपी हमाल, हर्क साम्पाङको पनि प्रशंसा जनस्तरबाट भइराखेकै छ । जनतामा यिनीहरूले पाएको प्रख्याति र समर्थनका कारण आगामी निर्वाचनमा आआफ्ना दललाई अप्ठ्यारो पर्ने निष्कर्ष ठूला दलमा बन्दै आएको छ । आगामी निर्वाचनमा स्वतन्त्रहरू नै धेरै उठे भने पनि उनीहरू उल्लेखनीय संख्यामा विजयी हुने हुन् कि भन्ने सन्त्रास पनि छ

मेयर साहबले प्रयास गर्दा संघीय सरकारले अर्को कार्यकारी अधिकृत दिएन । दिने सोचमा पनि देखिएन । मेयर साहबलाई असहयोग गर्ने संकेत स्पष्ट थियो । यो अवस्थामा समस्याको समाधानको उपाय खोजिनुपथ्र्याे । गुरागाईलाई अनुसन्धान निकायले मुद्दा चलाएको छैन । संघीय सरकार उनैलाई निरन्तरता दिन चाहन्छ । यो अवस्थामा मेयरले आफ्ना सबै वडाअध्यक्ष र उपमेयरसँग समस्या समाधानका लागि पहलकदमी गर्नुपथ्र्यो । त्यसो गरेको जानकारी हुन सकेको छैन । यो उनको गम्भीर लापरवाही हो । किनकि यो समस्या थपिँदै जाने थियो । यही कमीकमजोरीमा उनलाई असफल गराउन चाहनेहरू खेलिराखेका थिए । यति सामान्य कुरो मेयरले बुझ्नुपथ्र्यो । घटना घटिसकेपश्चात् पनि प्रहरीको इन्चार्जलाई निर्देशन दिएर उहाँ गुमनाम हुनुहुँदैन ।

आफैं आएर यसको नेतृत्व गर्नुपथ्र्याे । प्रहरी बललाई असहज परिस्थिति बनाई मनोबल गिराउने काम भएको छ । यस अवस्थामा भोलि बालेनले दिएका आदेशहरूको इमानदारीका साथ प्रहरीले हिजोको अवस्थाको जस्तो आज्ञापालन नगर्न सक्छन् । यो अवस्था जानीबुझी नै मेयरले आमन्त्रण गरेका हुन् । दोस्रो हो, राजधानी सहरको मेयरजस्तो महत्वपूर्ण व्यक्तिले कुनै अभिव्यक्ति दिँदा
स्ट्याटस लेख्दा विचार गर्नुपर्छ । कहिले सिंहदरबार आगो लगाइदिने अभिव्यक्ति आउँछ । कहिले असहयोग गर्ने सबैलाई खाल्डोमा पुरिदिने उद्गार निसृत हुन्छन् । यसले मेयरको कद निश्चय पनि घटाउँछ । तसर्थ कुनै अभिव्यक्ति दिँदा, स्टाटस लेख्दा धेरैपटक सोच्नुपर्ने अवस्था छ ।

आफ्ना सल्लाहकारसँग पनि परामर्श गरेर अभिव्यक्ति दिँदा उत्तम हुने देखिन्छ । बालेनले मेयर पदमा निर्वाचित भएपश्चात् गरेका राम्रा कामबाट पुराना दल त्रसित बनेका छन् । उनीहरू जनताका नजरमा छायामा पर्ने स्थिति छ । स्वतन्त्र उम्मेदवारका हैसियतमा निर्वाचन जिती मेयर हुनेहरू अन्य पनि छन् । गोपी हमाल, हर्क साम्पाङको पनि प्रशंसा जनस्तरबाट भइराखेकै छ । जनतामा यिनीहरूले पाएको प्रख्याति र समर्थनका कारण आगामी निर्वाचनमा आफ्ना आफ्ना दललाई अप्ठ्यारो पर्ने निष्कर्ष ठूला दलमा बन्दै आएको छ । आगामी निर्वाचनमा स्वतन्त्रहरू नै धेरै उठे भने पनि उनीहरू उल्लेखनीय संख्यामा विजयी हुने हुन् कि भन्ने सन्त्रास पनि छ । त्यसैले यी ठूला दलको साझा स्वार्थको विषय हो । उनीहरू स्वतन्त्र जनताको पक्षमा काम गर्नेहरूलाई छायामा पार्न चाहन्छन् । तर, बालेनका समर्थक पढेलेखेका शिक्षित युवा हुन् । त्यसैले उनको मतमा धेरै ठूलो प्रभाव राजनीतिक दलहरूले पार्न सक्ने अवस्था छैन । तर, मेयर भएर अहिलेकै अवस्थामा घेराबन्दीमा पर्ने हुन् । दलीय प्रणालीमा दल खोलेर राजनीति गर्नेहरूले चाहँदा राम्रो काम गर्न सक्छन् । नतिजामा देखिने गरी देशको काँचुली फेर्न सक्छन् । त्यसैले स्वतन्त्र भई निर्वाचन जितेकाहरूले देशलाई सुधार गर्न दल खोल्नुपर्ने अवस्था छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू केकति विजयी भएका छन् ? उनीहरूको कार्यसम्पादन स्तर कस्तो रहेको छ ? यस’boutमा थोरै चर्चा गरौं । न्युजिल्यान्डमा स्थानीय प्राधिकरणमा मेयरहरू प्रत्यक्ष रूपमा नै निर्वाचित हुन्छन् । प्रायः धेरै स्वतन्त्र उम्मेदवारले विजयी बन्ने अवसर पाउँछन् । राजनीतिभन्दा माथि उठेर स्थानीय तहमा जनताका प्रतिनिधिले काम गर्नुपर्छ भन्ने आधारमा मतदाताले यो निर्णय दिएका हुन् । फ्रान्समा पनि मेयर पदमा स्वतन्त्र उम्मेदवार विजयी हुने क्रम बढिराखेको छ । तर, हालका दिनमा आएर फ्रान्सका दूरदराजमा रहेका ग्रामीण भेगका मेयरलाई केही अतिवादी दलले काम गर्न असहज परिस्थिति निर्माण गरेका छन् । तर, मतदाता अधिकांश स्वतन्त्र उम्मेदवारको कार्य सम्पादनसँग सन्तुष्ट छन् ।

संयुक्त अधिराज्यमा दलीय आधारमा नै निर्वाचन हुन्छ । तर, केही व्यक्ति मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् । स्वतन्त्र नेतृत्वलाई मतदाताले क्रमशः प्राथमिकतामा राखी महत्व दिँदै गएको अवस्था छ । संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्रहरू मेयरमा विजय भएका छन् । फिनिक्स सहरकी मेयर केट गालेगोले स्थानीय स्तरमा जलवायु परिवर्तन र विद्यालयमा गोली काण्डजस्ता विषयमा प्रभावकारी भूमिका निर्वाह गरी नतिजामा देखाउन सफल भएकी छन् । टर्कीमा ओभाचिक भन्ने गाउँमा फतिह मेहमेतले सुशासन कायम गर्न सफलता प्राप्त गरेका छन् । पारदर्शिता उनको नारा नै बनेको छ । स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास गरिराखेका छन् । जैविक कृषि र सहकारी व्यवसायको सफल कार्यान्वयनले मतदाताको आर्थिक अवस्थामा सुधार ल्याउन तल्लीन बनेका छन् । यी मेयर जनताको नजरमा प्रिय बनिराखेका छन् ।

जहाँसम्म नेपालको सन्दर्भ छ, नेपालका स्वतन्त्र मेयरहरू हालसम्म परीक्षण नभएकाले पनि विजय हासिल गर्न सफल भएका हुन् । पटकपटक परीक्षण भएका र मतदातामा बदनामी कमाइसकेका पुराना दलप्रतिको विकर्षणले नै स्वतन्त्र मेयरलाई मतदाताले रोजेका हुन् । अब उनीहरूको परीक्षण मतदाताले गरिराखेका छन् । यी स्वतन्त्र मेयरहरूलाई गल्ती गर्ने छुट छैन । उनीहरूको कार्यसम्पादन अब्बल हुँदा मात्र अब हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारले थप संख्यामा विजयी हुने अवसर प्राप्त गर्नेछन् ।

अन्यथा आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारको अस्तित्व नामेट हुन पनि सक्छ । तर, नेपालमा २०२२ सालमा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका ३ सय ८५ स्वतन्त्र व्यक्तिमध्ये केही मात्र नगर प्रमुखमा विजयी भएका हुन् । उनीहरूमा तीनवटा मेयर मात्र जनताका नजरमा परेका छन् । अरू छायामा पर्दै गएको आभास मिलेको छ । तसर्थ, मेयर बालेनलगायतका स्वतन्त्र हैसियतमा निर्वाचित भएका मेयरहरूले अत्यन्त संवेदनशील भई कार्य सम्पादन गर्नुपर्छ । युवा जोश र जाँगर बालेनमा देखिन्छ ।

अनुभवको कमी छ । उनले गरेका काममा जनताले प्रायः समर्थन गरेका छन् । तर, अभिव्यक्तिमा गम्भीरतापूर्वक चिन्तन हुनु जरुरी छ । देशको कानुन र संविधानलाई पनि मध्यनजर गर्दै आफ्ना क्रियाकलाप केन्द्रित गर्नुपर्छ । अन्यथा यही कमजोरीमा राष्ट्रिय ठूला दलका मुखियाले खेल्ने मौका पाउनेछन् । राजनीतिक भविष्य बिग्रिन सक्छ । तसर्थ, आगामी दिनमा यी विषयमा बालेनले विशेष सतर्क हुनुपर्छ । यस अवस्थामा मात्र उनलाई लगाएका भ्रष्टाचारलगायतका आरोपको कुनै अर्थ हुनेछैन । किनकि जनतालाई उनले विश्वस्त बनाएको अवस्था छ । यसको निरन्तरता जरुरी छ । समर्थनमा कमी आउने गल्ती गर्ने छुट बालेनलाई छैन ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment