मार्चमा एक लाख २१ हजारबढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट मात्रै झण्डै १२ हजार

प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो ।

मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना पर्यटक नेपाल आएको बोर्डको विवरणमा उल्लेख छ । श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।

बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।

मार्चमा एक लाख २१ हजारबढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट मात्रै झण्डै १२ हजार

मार्चमा एक लाख २१ हजारबढी विदेशी पर्यटक नेपाल भित्रिए, अमेरिकाबाट मात्रै झण्डै १२ हजार

Source link

Leave a Comment