मानव तस्करीको जालोमा परेका २० नेपालीको थाइल्याण्डबाट उद्धार, आज नेपाल फिर्ता



प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

मानव तस्करीको जालोमा परेका २० नेपालीको थाइल्याण्डबाट उद्धार, आज नेपाल फिर्ता

आज थाइल्याण्डको बैंककबाट २० जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीका अनुसार २० जनाको टोली गत २४ जनवरीमा त्यहाँ पुगेको थियो। काठमाडौं अध्यागमनले एयरपोर्टबाट फर्काएपछि दिल्ली हुँदै थाइल्याण्ड गएको  खुलेको उनले बताए।

उनीहरूका अनुसार एजेन्टले पलाउ भन्ने देशमा अंग्रेजी हस्पिटालिटीको तालिम गराउने र राम्रो तलबमा काम लगाइदिने भन्दै त्यहाँसम्म पुर्‍याएको खुलेको छ। ७ लाख रुपैयाँ खर्च भएको र अहिले उनीहरूसँग पासपोर्टसमेत नभएको अवस्थामा उनीहरू दूतावाससम्म आइपुगेका हुन्।

एजेन्टले कुनै सम्झौता नगरेको र अझै पनि काम लगाइदिन सकिने आश्वासन दिँदै आएको उनीहरूले बताए। कतै-कतै फोटो पनि खिचाएका थिए, तर अहिलेसम्म केही नपाएको र पैसा मात्र खर्च भएको जानकारी उनीहरूले दूतावासलाई दिएका छन्।

मानव तस्करीको जालोमा परेका २० नेपालीको थाइल्याण्डबाट उद्धार, आज नेपाल फिर्ता

मानव तस्करीको जालोमा परेका २० नेपालीको थाइल्याण्डबाट उद्धार, आज नेपाल फिर्ता

राजदूत ओलीले दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई नेपाल फर्काइएको बताए। ओलीका अनुसार मानव तस्करीको जालोमा परेर त्यहाँ पुगेका भए पनि फर्किएकाहरू सबै पढेलेखेका छन्। तर, कसको माध्यमबाट गएको भन्ने कुरा भने उनीहरूले जानकारी दिन मानेनन्।

आज फर्काइएकाहरूमध्ये धेरैजसो लुम्बिनी प्रदेशका छन् भने केही कर्णाली प्रदेशका छन्। पछिल्लो समय थाइल्याण्ड र आसपासका देशहरूमा मानव तस्करी बढिरहेको जानकारी पनि राजदूत ओलीले दिए। सन् २०२५ सुरु भएयता करिब ३५ जनाको उद्धार गरेर फर्काइएको उनले बताए।





Source link

Leave a Comment