महिला कानून व्यवसायीको संख्या उत्साहजनकः प्रधानन्यायाधीश श्रेष्ठ

महिला कानून व्यवसायीको संख्या उत्साहजनकः प्रधानन्यायाधीश श्रेष्ठ


९ चैत, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘महिला कानून व्यवसायीको संख्या र कानून विषय अध्ययन गर्ने महिलाको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘यो संख्या न्याय क्षेत्रका लागि मात्रै नभएर समग्र समाजलाई नै समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हुने मेरो विश्वास छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्व मानव अधिकार र न्यायका मूल्य मान्यता, आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धतासमेत रहेको बताए ।

उनले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभूति गराउने बताए । ‘महिला न्यायाधीशहरूको उपस्थिति आफैंमा लैङ्गिक मान्यताप्रतिको परम्परागत सोच तथा लैङ्गिक मनोवृत्तिविरुद्धको बलियो प्रमाण हो,’ उनले भने, ‘महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी र न्यायिक सदाचारको प्रवर्द्धनमा योगदान पुग्छ ।’

न्याय क्षेत्रमा महिलाको उचित सहभागिताले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हुने पनि उनले बताए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School