ममताकी आमाको अमेरिकाको भिसा स्वीकृत, ममता जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीको विश्वास



प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

ममताकी आमाको अमेरिकाको भिसा स्वीकृत, ममता जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीको विश्वास

भर्जिनियाबाट बेपत्ता नर्स ममता काफ्लेकी आमाको अमेरिकाको भिसा स्वीकृत भएको ममताका साथीहरुले बताएका छन् । भिसाका लागि अमेरिकी दूतावास काठहमाडौंमा इमर्जेन्सी अप्वाइन्टमेन्ट लिइएको थियो । ममताकी आमा अब कहिले अमेरिका आउने भन्नेबारे भने केही बताइएको छैन । भिसा पाइसकेकेको खसोखासले स्वतन्त्र पुष्टी भने गरेको छैन ।

ममता काफले जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीले विश्वास गरेको छ । ताजा अदालती कागजात अनुशार ममता काफ्लेका श्रीमान नरेश भट्टले नै घरमा उनको हत्या गरेको र शव पछि घरबाट हटाइएको प्रहरीले विश्वास गरेको छ । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेको र घटना उनकै निवासमा भएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । सुरुमा शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

ममताकी आमाको अमेरिकाको भिसा स्वीकृत, ममता जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीको विश्वास
अभियुक्त नरेश भट्ट । फोटो: प्रिन्स विलियम काउन्टी एडल्ट डिटेन्सन सेन्टर

ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको हो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

पहिलोपटक अदालतमा पेश गर्दा उनी भौतिक रुपमा नै अदालतमा उपस्थीत रहेका थिए । उनले आफू अँग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्दै नेपाली दोभाषेका लागि अनुरोध गरेका थिए । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थपहुनसक्ने समेत बताएको छ ।

ममताकी एकबर्षकी छोरी निमालाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

ममताकी आमाको अमेरिकाको भिसा स्वीकृत, ममता जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीको विश्वास
बेपत्ता नर्स ममता काफ्ले

घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेश भट्टलाई ममता भट्ट बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए । अहिलेसम्म ममता भट्टको अवस्था अज्ञात छ। प्रहरीले ममता भट्ट जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । अर्थात् उनको ज्यान गइरहेको प्रहरीले अनुमान गरेको छ ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

ममताकी आमाको अमेरिकाको भिसा स्वीकृत, ममता जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीको विश्वास





Source link

Leave a Comment