मध्यावधि चुनावमा मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी



प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका छन । आफ्ना पूर्वघनिष्ठ सहयोगी मस्कसँगको सम्बन्धलाई सुधार गर्ने पक्षमा समेत आफु नरहेको उनले बताए ।

उनीहरूको सामाजिक सञ्जालमार्फत भएको विवादपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

मस्कले ट्रम्पको निर्वाचन अभियानमा करोडौं डलर दान गरेका थिए । केही समयका लागि ह्वाइट हाउसमा सरकारी सल्लाहकारको भूमिकामा रहेका थिए । उनले ट्रम्पको मुख्य आर्थिक नीति – ‘बिग ब्यूटिफुल बिल’ – को कडा आलोचना गरेका थिए।

मध्यावधि चुनावमा मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

मध्यावधि चुनावमा मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

यो विधेयकले सरकारको खर्चमा तीव्र वृद्धि गराउने भन्दै मस्कले यसले सरकारको खर्च कटौती गर्न उनले डोजमा गरेका कामलाई कमजोर बनाउने चेतावनी समेत दिएका थिए । डोजको प्रमुखको रूपमा १२९ दिन कार्यसम्पादन गरेपछि मस्कले पद छोडेका थिए।

डोज छाडेपछि मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उक्त विधेयकलाई “घृणास्पद र विभत्स” भनेका थिए। तर उनले सुरुमा ट्रम्पको नाम स्पष्ट रूपमा भनेका थिएनन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै मस्कप्रति “निराश” भएको बताएका थिए। त्यसको जवाफमा मस्कले एक्स मा ट्रम्पमाथि आक्रोश पोख्दै ट्रम्प उनीबिनाको सहयोगमा चुनाव जित्न सक्दैनथे, र ट्रम्पको नाम बदनाम वित्त व्यवसायी जेफ्री एपस्टिनसँग जोडिएको आरोप समेत लगाए ।

यद्यपि मस्कले ती पोष्टहरू पछि हटाएका छन् । एपस्टिनका वकिलले यस्ता आरोपहरू अस्वीकार गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा जवाफ दिँदै मस्कलाई “पागल” भएको भन्दै आलोचना गरे । साथै उनले संघीय सरकारका साथ रहेका मस्कका ठेक्काहरू काट्ने धम्कीसमेत दिएका छन्। ट्रम्पले भने, “ मस्क राष्ट्रपति पदको अपमान गरिरहेका छन् । त्यो अत्यन्त गलत हो।”

मध्यावधि चुनावमा मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

मक्स विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । उनले ट्रम्पको चुनाव अभियानमा लगभग २५० मिलियन डलर दान गरेका थिए । अब आगामी मध्यावधि चुनावमा ट्रम्पका आलोचक उम्मेदवारहरूको समर्थन गर्न सक्ने संकेत दिएका छन् ।

उक्त सम्भावनाबारे सोध्दा ट्रम्पले चेतावनी दिए, “यदि मस्कले डेमोक्र्याट उम्मेदवारहरूलाई समर्थन गरे भने त्यसका गम्भीर परिणामहरू भोग्नु पर्ने छ ।”
उप–राष्ट्रपति जे डी भान्सले भने , “मस्क यति धेरै आक्रामक बने कि अब उनलाई पार्टीमा फिर्ता स्वागत गर्न कठिन हुनेछ।”

यो घटनाक्रमले ट्रम्प र मस्कबीचको सम्बन्ध गम्भीररूपमा चिसिएको देखाएको छ । यसको अमेरिकी राजनीतिमा दीर्घकालीन प्रभाव पर्न सक्ने सम्भावना छ ।





Source link

Leave a Comment