बेलायतमा पुरुष सहकर्मीको संवेदनशील अङ्ग छोएको आरोपमा महिला प्रहरी अधिकृत बर्खास्त



प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

बेलायतमा पुरुष सहकर्मीको संवेदनशील अङ्ग छोएको आरोपमा महिला प्रहरी अधिकृत बर्खास्त

बेलायतमा मदिरा सेवन गरी पुरुष सहकर्मीलाई यौनजन्य रूपमा छोएको आरोपमा महिला प्रहरी अधिकृतलाई बर्खास्त गरिएको छ।

२९ वर्षीया पीसी पामेला प्रिचार्डले मार्च २०२४ मा ग्विनेडस्थित काएरनार्फन रग्बी क्लबमा भएको बिदाइ कार्यक्रममा अत्यधिक मदिरा सेवनपछि एकजना पुरुष सहकर्मीको संवेदनशील अङ्ग दुईपटक छोएको र पछि उनकै काखमा बसेर चुम्बन गरेको घटना बाहिर आएपछि उनलाई बर्खास्त गरिएको हो।

नर्थ वेल्स प्रहरीले प्रिचार्डले एक महिला सहकर्मीको स्तनसमेत नाचिरहेको समयमा समातेको बताएको छ।

अनुशासनसम्बन्धी सुनुवाइमा सम्पूर्ण आरोप प्रमाणित भएको, उनले प्रहरी विभागको आचरण मापदण्ड उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै बर्खास्त गर्ने निर्णय गरिएको हो।

बेलायतमा पुरुष सहकर्मीको संवेदनशील अङ्ग छोएको आरोपमा महिला प्रहरी अधिकृत बर्खास्त

प्रिचार्ड सन् २०२३ मा प्रशिक्षार्थीका रूपमा नर्थ वेल्स प्रहरीमा प्रवेश गरेकी थिइन्। उनले मदिराको नशामा अनुचित व्यवहार गरेको स्वीकार गरेकी छन्। तर उनले यो घटना गम्भीर अनुशासनहीनता भने नभएको दाबी गरेकी छिन्।

उनले सुनुवाइमा आफूले सीसीटीभीका दृश्यहरू देख्दा लज्जित भएको बताइन्। उनले त्यो दिन के-के भयो भन्नेबारे आफैँलाई जानकारी नभएको बताइन्।

सुनुवाइका क्रममा पुरुष प्रहरी अधिकारीले बताएअनुसार बारमा उभिँदा प्रिचार्डले अचानक अघि बढेर उनको कपडामै संवेदनशील अङ्ग समातेपछि अपमानित भएको महसुस गरेका थिए।

सुनुवाइ समितिका अध्यक्षले आरोप प्रमाणित भएको र प्रिचार्डको आचरण मध्यमदेखि उच्च गम्भीरतामा पर्ने बताउँदै बर्खास्ती गर्नुपर्ने निर्णय गरेका थिए।

यससँगै प्रिचार्डको छोटो प्रहरी जीवन समाप्त भएको छ। उनले अब कुनै पनि बेलायती प्रहरी सेवामा काम गर्न पाउने छैनन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment