मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत



प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

हमासका एक उच्च अधिकारीले शनिबार समूहले मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत गाजा युद्धविरामको नयाँ प्रस्तावलाई स्वीकृत गरेको भन्दै इजरायलसमक्ष यसलाई समर्थन गर्न आग्रह गरेका छन् । यद्यपि उनले हमासले हतियार बिसाउने सर्तमा युद्धविराम हुननसक्ने चेतावनी दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त भएको र जवाफमा प्रति–प्रस्ताव पेस गरेको पुष्टि गरेको छ ।

“दुई दिनअघि हामीले इजिप्ट र कतारका मध्यस्थता गर्ने भाइहरूबाट प्रस्ताव प्राप्त गर्‍यौँ । हामीले यसलाई सकारात्मक रूपमा लियौँ र अनुमोदन गर्‍यौँ । हामीलाई कब्जा (इजरायल) ले यसलाई रोक्दैन भन्ने आशा छ”, खलिल अल–हयाले मुस्लिम पर्व ईद अल–फित्रको अवसरमा टेलिभिजनमा प्रसारित सम्बोधनमा भने, “प्रतिरोधका हतियारहरू बिसाइने छैन ।”

मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत

मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत

नेतन्याहुको कार्यालयले मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेको पुष्टि गरेको छ ।

“प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजो मध्यस्थकर्ताहरूबाट प्राप्त प्रस्तावअनुसार शृङ्खलाबद्ध परामर्श गर्नुभएको थियो”, उनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ ।

“केही घण्टाअघि इजरायलले अमेरिकासँग पूर्ण समन्वयमा मध्यस्थकर्ताहरूलाई प्रति–प्रस्ताव पठाएको थियो”, कार्यालयले विस्तृत विवरण नदिई भन्यो ।

एक दिनअघि हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायलले गाजामा सघन कारबाही जारी राख्दै गर्दा प्यालेस्टिनी इस्लामवादी आन्दोलन र युद्धविराम सम्झौतामा मध्यस्थकर्ताहरूबीचको वार्ताले गति लिइरहेको बताएका थिए ।

हमास निकट प्यालेस्टिनी स्रोतहरूले युद्धविराम र बन्धक रिहाई सम्झौता पुनर्जीवित गर्न लडकू समूह र इजिप्ट तथा कतारका मध्यस्थकर्ताहरूबीच बिहीबार साँझदेखि वार्ता सुरु भएको बताएका थिए ।

मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत

इजरायलले क्षेत्रभर आफ्नो बमबारी अभियान फेरि सुरु गर्नुअघि गाजा पट्टीमा सापेक्षिक शान्ति ल्याएको नाजुक युद्धविराम मार्च १८ मा समाप्त भएको थियो ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासले बन्धकहरू रिहा नगरे गाजाका केही भाग कब्जा गर्ने धम्की दिएको र हमासले इजरायलले प्यालेस्टिनी क्षेत्रमा बम्बारी बन्द नगरे बन्दीहरू ‘कफिनमा’ फिर्ता हुने चेतावनी दिएको एक दिनपछि दोहामा वार्ता सुरु भएको थियो ।





Source link

Leave a Comment