मधेस प्रदेश सरकारमा एमालेको इन्ट्री, सरोज यादव मन्त्री बन्दै


मधेश प्रदेश सरकारमा नेकपा एमाले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछ। 

कांग्रेसका मन्त्रीहरूलाई आजै बर्खास्त गरी भौतिक पूर्वाधार विकास मन्त्रीमा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गर्ने तयारी गरिएकाे स्रोतले बतायो।

आजै यादवकाे शपथ ग्रहणको कार्यक्रम राखिएको जसपाका एक नेताले नागरिक न्युजलाई जानकारी दिए। 

उनका अनुसार मधेश सरकारका कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र सिंह र गृह सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमलाई बर्खास्त गरि शिक्षा तथा संस्कृतीसहित चारवटा मन्त्रालय नेकपा एमालेलाई दिने नयाँ सत्ता गठबन्धन बीच सहमति भएको छ। तर एमाले भित्र आन्तरिक सहमति नभएको कारण आज भौतिक पूर्वाधार विकासमन्त्रीमा यादवलाई मात्रै नियुक्त गर्ने तयारी गरिएको हो।

जसपा नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। तर कांग्रेसका मन्त्रीहरूले कारण सहित मुख्यमन्त्रीले बर्खास्त नगर्दासम्म सरकारबाट नहट्ने अडान राख्दै आएका छन्।

प्रकाशित: ५ चैत्र २०८० १५:४४ सोमबार





Source link

Leave a Comment