मधुमेहले लियो अमेरिकी अभिनेत्री मिशेलको ज्यान



प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

अमेरिकी अभिनेत्री मिशेल ट्राच्टेनबर्गको निधन भएको छ । उनको निधन मधुमेहको जटिलताबाट भएको पुष्टि भएको अस्पतालले बताएको छ ।

न्यूयोर्क शहर मेडिकल परीक्षकको कार्यालयका अनुसार अमेरिकी अभिनेत्री मिशेल ट्राच्टेनबर्गको मृत्यु डायबिटीजबाट उत्पन्न जटिलताका कारण भएको हो ।

३९ वर्षीया अभिनेत्री ट्राच्टेनबर्ग फेब्रुअरी महिनामा न्यूयोर्कस्थित आफ्नै अपार्टमेन्टमा अचेत अवस्थामा फेला परेकी थिइन्।

मधुमेहले लियो अमेरिकी अभिनेत्री मिशेलको ज्यान

मधुमेहले लियो अमेरिकी अभिनेत्री मिशेलको ज्यान

पोस्टमार्टम नगरे पनि टोक्सिकोलोजी परीक्षण अर्थात विष परीक्षण मार्फत उनको मृत्युको कारण पत्ता लगाइएको अधिकारीहरूले जनाएका छन् ।

ट्राच्टेनबर्ग ‘बफी द भ्याम्पायर स्लेयर’ टेलिभिजन श्रृंखलामा मुख्य पात्र बफीको कान्छी बहिनी डन समर्सको भूमिकाबाट सबैभन्दा बढी चर्चामा आएकी थिइन् ।

पछि उनले ‘गसिप गर्ल’ टेलिश्रृंखलामा जर्जिना स्पार्क्स नामकी चलाख र चलाखीपूर्ण पात्रको भूमिका निभाएकी थिइन्।

उनको परिवार यहूदी धर्ममा आस्था राख्ने भएकाले धार्मिक कारण देखाउँदै शव परीक्षणको विरोध गरेका थिए ।

मृत्युमा कुनै आपराधिक गतिविधि वा हिंसाको संकेत नदेखिएका कारण मेडिकल परीक्षक कार्यालयले शव परीक्षण नगर्ने निर्णय गरेको हो ।

मधुमेहले लियो अमेरिकी अभिनेत्री मिशेलको ज्यान

ट्राच्टेनबर्गले मृत्यु हुनुअघि लिभर ट्रान्सप्लान्ट गराएकी थिइन् । तर त्यसको समय र कारण स्पष्ट गरिएको छैन । ट्राच्टेनबर्गको अकस्मात मृत्युले उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ ।

उनी सानो उमेरदेखि नै अभिनय क्षेत्रमा सक्रिय थिइन् । ूह्यारियट द स्पाइू जस्ता निकेलोडियनका परियोजनाहरूमा अभिनय गर्दै चर्चामा आएकी थिइन्।

२००० को दशकको सुरुवातमा उनले डेटाइम एमी अवार्डसहित धेरै पुरस्कारहरूमा उनलाई समावेश हुने अवसर पाएकी थिइन । उनले बिभिन्न फिल्महरूमा अभिनय गरेकी थिइन्।

उनको निधनपछि सहकर्मी कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्दै कामप्रति निकै समर्पित र आफू माया गर्नेका लागि साहसी व्यक्ती भएको भन्दै स्मरण गरेका छन ।





Source link

Leave a Comment