प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार

अमेरिकी कस्टम्स तथा सीमा सुरक्षा सीबीपीले आगमन तथा प्रस्थान विवरण फाराम आई ९४ र इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथराइजेशनमा व्यापक सुधार गर्ने प्रस्ताव सार्वजनिक गर्दै ६० दिनभित्र सार्वजनिक टिप्पणी माग गरेको छ। अमेरिकाको भिसा छुट कार्यक्रममा सहभागी भएका देशका नागरिकहरु अनलाइनमार्फत इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथराइजेशनका लागि आवेदन दिएर ९० दिनसम्म अमेरिकाको भ्रमण गर्नसक्ने प्रावधान छ । फेडरल रजिष्ट्ररमा आज प्रकाशित सूचनामा नयाँ बायोमेट्रिक सुविधाहरू, विस्तारित डेटा आवश्यकताहरू र इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथराइजेशनलाई केवल मोबाइल प्लाटफर्ममा रूपान्तरण गर्ने योजना समावेश गरिएको छ।
सीबीपी का अनुसार यी सुधारहरूले राष्ट्रिय सुरक्षालाई थप बलियो बनाउने, यात्रुको पहिचान प्रमाणिकरण प्रक्रिया सुदृढ गर्ने र प्रवेश–निर्गमन सम्बन्धी तथ्यांक संकलनलाई पूर्णरूपमा स्वचालित बनाउने लक्ष्य लिएका छन्। प्रस्तावित जानकारी संकलनबारे टिप्पणी २०२६ फेब्रुअरी ९ भित्र बुझाउनुपर्नेछ।
सीबीपी वान मोबाइल एप मार्फत पहिले नै अमेरिका छाड्ने यात्रुहरुले त्यसबारे रिपोर्ट गर्नसक्छन् । यो सुविधाले आई ९४ आवश्यकतामा पर्ने विदेशी नागरिकहरूले आफ्नो प्रस्थान स्वयं रिपोर्ट गर्न पासपोर्ट विवरण, अनुहारको तस्बिर र भूस्थान जानकारी पठाउन अनुमति दिन्छ। उक्त प्रणालीले लाइभ डिटेक्सट र अनुहार तुलना प्रविधि प्रयोग गरी यात्रुको प्रस्थान प्रमाणित गरेर बायोमेट्रिक रूपमा प्रमाणित अभिलेख तयार गर्छ।
अब तेस्रो पक्षमार्फत आवेदन गर्नेहरू समेत सबै इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथराइजेशन आवेदकहरुले पहिचान प्रमाणिकरणका लागि सेल्फी तस्बिर अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सीबीपीले जनाएको छ। हाल मोबाइल एपमा उपलब्ध तस्बिर अपलोड सुविधा अब सबै आवेदकका लागि लागू गरिँदैछ । कमजोर वा धोकेबाज तस्बिरहरूका कारण केही व्यक्तिले अनुहार पहिचान प्रक्रियालाई छल्न सक्षम भएका घटनाहरू दोहोरिएका भन्दै सीबीपीले यो प्रणाली लागु गर्ने योजना बनाएको छ ।
सबैभन्दा महत्वपूर्ण प्रस्तावित परिवर्तनममा वेवसाइटबाट इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथराइजेशनका लागि आवेदन सुविधा हटाइने योजना रहेको छ। अर्थात् नयाँ आवेदन अब केवल मोबाइल एपमार्फत गर्ने व्यवस्था हुनेछ। वेबसाइट भने सूचना तथा आवेदन स्थिति जाँचको लागि मात्र उपलब्ध रहनेछ।
सीबीपीका अनुसार पछिल्ला वर्षहरूमा घटेका ठगी घटनाहरू, कम गुणस्तरका पासपोर्ट तस्बिर अपलोड तथा अत्यधिक शुल्क लिने भ्रामक तेस्रो पक्ष वेबसाइटहरूको प्रयोगका कारण यो कदम चालिएको हो। मोबाइल एपमा उपलब्ध पासपोर्ट स्क्यान, अनुहार पहिचान तथा इलेक्ट्रोनिक चिप प्रमाणीकरण जस्ता प्रविधिहरू वेबसाइटले सपोर्ट नगर्ने भएकाले सुरक्षा दुर्बल बनाएको बताइएको छ।
ट्रम्पको कार्यकारी आदेश अनुशार आवेदनमा आवेदकले गत पाँच वर्षभित्र प्रयोग भएका सामाजिक सञ्जाल अनिवार्य रूपमा प्रदान गर्नुपर्नेछ। यसबाहेक गत १० वर्षभित्र प्रयोग गरिएका इमेल ठेगाना तथा फोन नम्बर, अपलोड गरिएका तस्बिरको आईपी मेटाडेटा, परिवारका सदस्यहरूको पहिचान तथा बसोबास विवरण लगायत थप उच्च डेटा फिल्ड थप्ने योजना पनि सीबीपीले बनाएको छ। यसले राष्ट्रिय सुरक्षासँग सम्बन्धित यात्रा जाँच प्रक्रियालाई अझ प्रभावकारी बनाउने दाबी गरिएको छ।
सूचनामा रोमानियालाई अब भिसा छूट कार्यक्रमबाट हटाइने पुष्टि गरिएको छ। साथै भविष्यमा नयाँ देशहरू थपिन सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक भार अनुमान पनि समायोजन गरिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्