भारतमा माओवादीका महासचिव मारिए



प्रकाशित मिति : जेष्ठ ९, २०८२ बिहीबार

भारतको छत्तीसगढ़मा भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष माओवादी नेता मारिएका छन ।

बासवराजु लगायत अन्य नामले पनि चिनिने माओवादीका महासचिव नम्बला केसव राव बुधबार मारिएको भारतीय गृह मन्त्री अमित शाहले घोषणा गरेका छन्।

घटनामा रावसहित २७ जना विद्रोही मारिएका छन् । एकजना प्रहरी अधिकारीको पनि ज्यान गएको छ।

भारतमा माओवादीका महासचिव मारिए

भारतमा माओवादीका महासचिव मारिए

गृह मन्त्री शाहका अनुसार, पछिल्ला तीन दशकमा यति उच्च दर्जाका माओवादी नेता सरकारद्वारा मारिएको यो पहिलो पटक हो।

नम्बला केसव राव इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति थिए। उनी प्रतिबन्धित कम्युनिस्ट पार्टी अफ इन्डिया (माओवादी) का महासचिव थिए।

भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी को मोस्ट वान्टेड सूचीमा उनको नाम समावेश थियो। छत्तीसगढ़का वरिष्ठ प्रहरी अधिकारी विवेकानन्द सिन्हाका अनुसार, नारायणपुर जिल्लामा भिडन्त भएको हो।

सुरक्षा बलहरूले वरिष्ठ माओवादी नेताहरूको उपस्थितिको गोप्य सूचना पाएपछि कारबाही चलाएको जनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र माओवादी हिंसाविरुद्धको लडाइँमा ठूलो सफलता हो भनेका छन ।

कम्युनिस्ट पार्टी अफ इन्डियाले भिडन्तको निन्दा गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ।

भारतमा माओवादीका महासचिव मारिए

गत महिना भारतीय सरकारले ‘ब्ल्याक फरेस्ट’ नामक ठूलो सैन्य अभियान सुरु गरेको थियो । जसको लक्ष्य माओवादी नेटवर्कलाई कमजोर पार्नु हो।

उनीहरूको आन्दोलन १९६० को दशकमा पश्चिम बङ्गालबाट सुरु भएको हो। अहिले उनीहरूको प्रभाव भारतका ६०० मध्ये एकतिहाइभन्दा बढी जिल्लामा फैलिएको छ।

१९६० दशकदेखि हालसम्म १० हजार भन्दा बढी मानिसको ज्यान गएको विश्वास गरिन्छ।





Source link

Leave a Comment