अमेरिकामा भएको विमान दुर्घटनामा संगीत एजेन्ट सहित तीन जनाको मृत्यु



प्रकाशित मिति : जेष्ठ ९, २०८२ बिहीबार

अमेरिकाको सान डिएगोको एक आवासीय क्षेत्रमा सानो निजी विमान दुर्घटनामा परेर प्रख्यात संगीत एजेन्ट डेभ शापिरो सहित तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

शापिरोले साउन्ड ट्यालेन्ट ग्रुप को सह स्थापना गरेका थिए । उनी चर्चित रक ब्यान्डहरूका प्रतिनिधि थिए।

पूर्व मेटल ब्यान्ड ‘द डेविल वेयर्स प्राडा’ का ड्रमर ड्यानियल विलियम्स पनि विमानमा सवार थिए भन्ने आशंका गरिएको छ। दुर्घटनाअघि उनले सामाजिक सञ्जालमा विमानबाट पोस्टहरू गरेका थिए।

अमेरिकामा भएको विमान दुर्घटनामा संगीत एजेन्ट सहित तीन जनाको मृत्यु

अमेरिकामा भएको विमान दुर्घटनामा संगीत एजेन्ट सहित तीन जनाको मृत्यु

दुर्घटना सान डिएगोको मर्फी क्यानन क्षेत्रमा बिहीबार बिहान भएको हो। विमान घरमाथि खस्दा एक घर पूर्णरूपमा नष्ट भएको छ । १० वटा अन्य घरहरू क्षतिग्रस्त भएका छन्।

८ जना घाइते भएका छन् , जसमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको छ।

साउन्ड ट्यालेन्ट ग्रुपले सह संस्थापक, सहकर्मीहरू र साथीहरूको क्षतिमा पूर्णरूपमा शोकमा डुबेका छौं भनेको छ । कम्पनीले तीन कर्मचारीको मृत्यु भएको पुष्टि गरे पनि शापिरोबाहेक अन्यको नाम खुलाइएको छैन।

विमान बुधबार राति न्यू जर्सीबाट उडेको र कन्सासको विचिटामा इन्धन भरेको थियो। विमान सान डिएगो विमानस्थलतर्फ जाँदै गर्दा दुई वटा पावर लाइनमा ठोक्किएर दुर्घटना भएको हो।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड का अनुसन्धानकर्ता इलियट सिम्पसनका अनुसार, पावर लाइनको टक्कर नै दुर्घटनाको कारण हो कि होइन भनेर अनुसन्धान भइरहेको छ ।

अमेरिकामा भएको विमान दुर्घटनामा संगीत एजेन्ट सहित तीन जनाको मृत्यु

डेभ शापिरो अनुभवी पाइलट र प्रमाणित फ्लाइट प्रशिक्षक समेत थिए। उनले आफ्नो उड्डयन कम्पनी स्थापना गरेका थिए।

घटनाको बेला १०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। स्थानीय बासिन्दा क्रिस्टोफर मूरले ठूलो विस्फोटको आवाज आएपछि धुवाँ देखेर बच्चाहरू लिएर भागेको बताए ।

विमान सान डिएगो सहरको केन्द्रभन्दा करिब १० किलोमिटर उत्तरमा रहेको मोंटगोमेरी फील्ड एयरपोर्टतर्फ गइरहेको बताइएको छ।

घटनाको अनुसन्धान जारी छ । दुर्घटनास्थलबाट विमानका टुक्रा र अन्य प्रमाण संकलन गरिएको छ ।





Source link

Leave a Comment