भारतको उत्तरी क्षेत्रमा लगातार २४ दिनदेखि तापक्रम ४५ डिग्री सेल्सियस माथि , लु अझै बढ्ने खतरा

भारतको उत्तरी क्षेत्रमा लगातार २४ दिनदेखि तापक्रम ४५ डिग्री सेल्सियस माथि , लु अझै बढ्ने खतरा



प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर लु का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

भारतीय मौसमविद्ले नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन् । उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ लागेको भारतको मौसम विज्ञान विभाग आइएमडी का प्रमुख मृत्युञ्जय महापात्रले अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ ।

यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ । यद्दपी महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउनसक्ने चेतावनी दिनुभयो। यदि सावधानी वा रोकथामका उपायहरू अपनाइएन भने उष्ण लहरहरू बढी बारम्बार, लामो र कडा हुने उहाँले बताउनुभयो ।

भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ ।

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले उष्ण लहरहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गएको देखाउँछ । पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९ दशमलव २ डिग्री सेल्सियसको उच्च रेकर्डमा पुगेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School