भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग, भोलि अदालतमा पेश गरिने



प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार

भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग, भोलि अदालतमा पेश गरिने

भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान नरेश भट्टलाई पक्राउ गरेको हो । उनलाई विना धरौटी हिराशतमा राखिएको छ ।

ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

घरमा रातभर खानतलासीपछि विहान नरेश भट्टलाई ममता भट्ट बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग, भोलि अदालतमा पेश गरिने

अहिलेसम्म ममता भट्टको अवस्था अज्ञात छ। मंगलबार १ वर्ष पुगेकी उनकी छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट निकालेका थिए ।

भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको बताएको थियो । बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको प्रहरीले खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले सहयोग नगरेको बताएको थियो ।

प्रहरीले उनका श्रीमान् भट्ट प्रहरी अनुसन्धानमा चासोको व्यक्ति अर्थात् पर्सन अफ इन्ट्र्रेस्ट भएको समेत बताएको थियो । प्रहरीले घरमा बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको थियो । उक्त खानतलासी रातीसम्म चलेको थियो ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

भर्जिनियाबाट बेपत्ता नेपाली नर्सका श्रीमानविरुद्ध शव लुकाएको अभियोग, भोलि अदालतमा पेश गरिने





Source link

Leave a Comment