प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

अमेरिकी बोर्डर पेट्रोलले एक गोप्य खुफिया निर्देशनअन्तर्गत देशभरिका लाखौँ चालकहरूलाई निगरानी गरिरहेको पाइएको छ । ड्राइभरहरूको यात्रा ढाँचा ‘सन्दिग्ध’ ठहरिएमा उनीहरूलाई रोकिने, खानतलासीका साथै गिरफ्तारीसमेत भइरहेका उदाहरणहरू सार्वजनिक भएपछि व्यापक बहस सुरु भएको हो ।
एपीमा प्रकाशित एक रिपोर्टका अनुसार देशभरि जडान गरिएका क्यामेरा नेटवर्कले सवारीहरूको लाइसेन्स प्लेट निरन्तर स्क्यान तथा रेकर्ड गर्छ। त्यसपछि एउटा एल्गोरिदमले सवारीको उत्पत्ति, गन्तव्य र लिइएको मार्गको आधारमा ‘शङ्कास्पद यात्रा’ पहिचान गर्छ। यही आधारमा धेरै चालकहरूलाई रोकिएर सोधपुछ र तलासी गरिएका छन्।
गत पाँच वर्षमा बोर्डर पेट्रोलको निगरानी प्रणाली सीमा क्षेत्रबाट विस्तार भएर अमेरिकनहरूको दैनिक भित्री गतिविधिसम्म छिर्न पुगेको एपीको रिपोर्टमा उल्लेख छ। शिकागो, डिट्रोइट, लस एन्जलस, ह्युस्टन र सान एन्टोनियो नजिकै सडक तथा राजमार्गमा जडान गरिएका क्यामेराले नियमित निगरानी गरिरहेको बताइएको छ।
अमेरिकी कस्टम्स तथा बोर्डर प्रोटेक्शन (सीबीपी)ले सीमा निगरानी प्रणाली आधुनिक बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्ने तयारी गर्दै छ। यसका लागि २ दशमलव ७ बिलियन डलरभन्दा बढी बजेट विनियोजन हुने अनुमान गरिएको छ। यसमार्फत सवारीको लाइसेन्स प्लेट पढ्ने अत्याधुनिक उपकरण, भूकम्पीय सेन्सर, भिडियो निगरानी प्रणाली तथा लोकेशन डेटा विश्लेषण प्रविधि थपिनेछ।
एपीसँग कुराकानी गर्ने पूर्व सरकारी अधिकारीहरूले बोर्डर पेट्रोलले यो परियोजना सम्बन्धी विवरण अदालतका कागजातदेखि प्रहरी रिपोर्टसम्मबाट हटाइदिएको दाबी गरेका छन्। धेरै क्यामेरा तथा प्लेट–रिडर उपकरण राजमार्गका सुरक्षासम्बन्धी संरचनाभित्र गोप्य रूपमा जडान गरिएका छन्।
यो नेटवर्क क्यालिफोर्निया, टेक्सास, एरिजोना हुँदै अमेरिकी–क्यानडा सीमासम्म फैलिएको छ। लस एन्जलस, शिकागो र हालै शार्लोट जस्ता डेमोक्र्याट–नेतृत्व भएका शहरहरूमा ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथि कडाइ बढाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
