बेलायतमा गर्भपतन विरोधी अभियन्ता दोषी ठहर, अमेरिकाको चिन्ता



प्रकाशित मिति : चैत्र २२, २०८१ शुक्रबार

गर्भपतन क्लिनिक बाहिरको बफर जोन अर्थात सुरक्षा क्षेत्रमा विरोध प्रर्दशन गरेको आरोपमा बेलायतमा महिलालाई दोषी ठहर गरिएपछि अमेरिकाले विरोध जनाएको छ ।

बेलायतको गर्भपत क्लिनिक अगाडी ६४ बर्षीया लिबिया टोसिची बोल्टले गर्भपतनको विरोध गर्न बफर जोड उलङघन गरेकी थिइन ।

अमेरिकाले बोल्टलाई दोषी ठहराउने कार्यलाई अभिव्यक्ति स्वतन्त्रताको हनन भनेको छ । बर्माउथकी बासिन्दा उनले सन २०२३ मा पनि २ पटक सुरक्षा आदेशको उलङघन गरेको आरोप लगाइएको छ ।

बेलायतमा गर्भपतन विरोधी अभियन्ता दोषी ठहर, अमेरिकाको चिन्ता

बेलायतमा गर्भपतन विरोधी अभियन्ता दोषी ठहर, अमेरिकाको चिन्ता

टोसिची बोल्ट गर्भपतन विरोधी अभियन्ता र सेवानिवृत्त चिकित्सा वैज्ञानिक हुन् । बर्माउथको गर्भपतन क्लिनिक बाहिर गर्भपतनको गर्ने कार्यको विरोधमा उनी त्यहाँ पुगेकी थिइन ।

म्याजिस्ट्रेट अदालतमा जिल्ला न्यायाधीश ओर्ला अष्टिनले टोसिची बोल्टले क्लिनिकमा आउने महिलाहरू तथा तिनीहरूका साथी , कर्मचारीहरू र सर्वसाधारणमा नकरात्मक प्रभाव पार्न सक्ने बताए ।

न्यायाधीशले उनलाई बफर जोन उलङघन गरेर अमानवीय व्यवहार गरेको भन्दै दोषी ठहर गरिएको बताए । अमेरिकी विदेश मन्त्रालयले बेलायत र अन्य युरोपेली देशहरूमा अभिव्यक्ति स्वतन्त्रताको विषयप्रति चिन्ता व्यक्त गरेको छ।

अमेरिका र बेलायतको सम्बन्धमा मानव अधिकार र आधारभूत स्वतन्त्रताप्रति आपसी सम्मान व्यक्त गरिएको छ । उपराष्ट्रपति जे डी भ्यान्सले बेलायतको अभिव्यक्ति स्वतन्त्रताबारे पनि चिन्ता व्यक्त गरेका छन ।

अमेरिकी विदेशमन्त्रालय अन्र्तगतको अमेरिकाको लोकतन्त्र, मानव अधिकार र श्रम ब्युरोले विदेश मन्त्रीको चिन्ता बाहिर ल्याएको हो । अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले पहिले देखि नै बेलायतका नीतिहरूको आलोचना गर्दै आएका छन ।

बेलायतमा गर्भपतन विरोधी अभियन्ता दोषी ठहर, अमेरिकाको चिन्ता

गर्भपतन क्लिनिकको वरिपरिको बफर जोनले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरेको उनले बताएका छन । तर बेलायत सरकारले भ्यान्सको सुझावलाई अस्वीकार गर्दै यस मुद्दाले व्यापार सम्झौतामा असर पुर्याउन सक्ने बताएको छ ।

बेलायतले ३१ अक्टोबरमा गर्भपतन क्लिनिकहरूको वरिपरि सुरक्षित पहुँच क्षेत्र अर्थात बफर जोन लागू गरेको थियो । यो कानून गर्भपतन सेवा प्रदायकको १५० मिटरको परिधि भित्र लागू हुन्छ ।

गर्भपतन सेवामा पहुँच प्राप्त गर्ने अधिकार बेलायतका महिलाहरूका लागि आधारभूत अधिकार हो ।

उनीहरूले गर्भपतन गर्न खोजिरहेका छन भने उनीहरुले कुनैले पनि असुरक्षित महसुस गर्न नहुने बेलायतका सुरक्षा मन्त्री जेस फिलिप्सले स्पष्ट पारेका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School