बेपत्ता नर्स ममता काफलेका श्रीमानलाई अदालतमा पेश, शव घरबाट घिसारेर निकालेको अभियोग



प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

बेपत्ता नर्स ममता काफलेका श्रीमानलाई अदालतमा पेश, शव घरबाट घिसारेर निकालेको अभियोग

भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको छ । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

अदालतमा प्रहरीले पेश गरेको कागजातमा नरेश भट्टमाथि हत्याको अभियोग लगाइएको छ । ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेको र घटना उनकै निवासमा भएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ ।

त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ । पहिलोपटक अदालतमा पेश गर्दा उनी भौतिक रुपमा नै अदालतमा उपस्थीत रहेका थिए । उनले आफू अँग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्दै नेपाली दोभाषेका लागि अनुरोध गरेका थिए । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थपहुनसक्ने समेत बताएको छ ।

भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान नरेश भट्टलाई पक्राउ गरेको हो । उनलाई विना धरौटी हिराशतमा राखिएको छ । ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेश भट्टलाई ममता भट्ट बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

अहिलेसम्म ममता भट्टको अवस्था अज्ञात छ। प्रहरीले ममता भट्ट जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । अर्थात् उनको ज्यान गइरहेको प्रहरीले अनुमान गरेको छ ।

भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको बताएको थियो । बुधबार खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा प्रहरीले अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले सहयोग नगरेको बताएको थियो ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

बेपत्ता नर्स ममता काफलेका श्रीमानलाई अदालतमा पेश, शव घरबाट घिसारेर निकालेको अभियोग





Source link

Leave a Comment