विश्वमा बिमा व्यवसाय धेरै वर्ष अघिदेखि सुरु गरिए पनि नेपालमा २००४ सालमा नेपाल बैंकले चलानी तथा बिमा कम्पनी स्थापना गरेर यहाँ निर्जीवन बिमा व्यवसाय सुरु गरेको थियो । जुन आज नेपाल इन्स्योरेन्सका नामबाट परिचित भई बिमा व्यवसाय सञ्चालन गरिरहेको छ । २०२५ सालमा नेपालमा राष्ट्रिय बिमा संस्थान स्थापना गरिएपछि यहाँ जीवन बिमा व्यवसाय सुरु भयो । त्यसपछि यहाँ जीवन र निर्जीवन बिमा कम्पनीहरूको संख्या निरन्तर रूपले बढ्दै गयो ।
वर्तमान समयमा नेपालमा १४ जीवन कम्पनी र १४ निर्जीवन बिमा कम्पनी छन् । जुन नेपाली अर्थतन्त्रका अभिन्न अंग हुन् । तर, भौगोलिक बनावट र विद्यमान बजारका आधारमा यहाँ बिमा कम्पनीहरूको संख्या बढी भएको महसुस गरिएकाले तत्कालीन नेपाल बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)ले यिनीहरूको संख्या घटाउन जोड दियो । सुरुमा धेरैजसो बिमा कम्पनीहरूले मर्जर प्रक्रियाको विरोध गरे पनि हाल यो प्रक्रिया जारी छ । केही बिमा कम्पनीहरू मर्जर भएर संयुक्त कारोबार गर्न थालेका छन् भने केही प्रक्रियामा छन् ।
केही वर्षयता बिमा व्यवसाय प्रवर्धनका लागि बिमा कम्पनीको चुक्ता पुँजी बढाउनुपर्ने महसुस गरियो । तसर्थ, यहाँको बिमा व्यवसायको वर्तमान अवस्थालाई दृष्टिगत गरी नियमनकारी निकायका रूपमा रहेको नेपाल बिमा प्राधिकरणले यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निधो गरी नीति बनायो । जसअनुसार यहाँको प्रत्येक जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनी प्रत्येकका १ अर्ब रुपैयाँ हुनुपर्ने अवस्था ग¥यो । तर, ती चुक्ता पुँजी कम भएको महसुस गरी हाल जीवन बिमा कम्पनी प्रत्येकले ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनी प्रत्येकले २ अर्ब ५० करोड रुपैयाँ पु¥याउनुपर्ने भएको छ । जसअनुसार केही बिमा कम्पनी ‘मर्ज’ भई संयुक्त कारोबार गर्न थालेका छन् भने केही मर्ज हुने प्रक्रियामा तल्लीन छन् । वस्तुतः जीवन तथा निर्जीवन बिमा कम्पनीलाई ‘मर्ज’ गर्न सहज नभए पनि हालसम्म १२ निर्जीवन कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा छन् । जसमध्ये आठ निर्जीवन बिमा कम्पनी चारवटामा कायम भई एकीकृत कारोबार सुरु गरेका छन् भने चारवटा मर्ज हुने प्रक्रियामा छन् । यहाँका जीवन बिमा कम्पनी सम्बन्धमा नौ कम्पनी चार कम्पनीमा कायम हुनेगरी ‘मर्जर’ प्रक्रियामा सहभागी भएका छन् । सबै जीवन तथा निर्जीवन बिमा कम्पनीहरू मर्ज भएपछि यिनीहरूको संख्या १४–१४ हुनेछ । माथि उल्लेखबाहेक अन्य बिमा कम्पनी ‘मर्ज’ प्रक्रियामा भएकाले भविष्यमा यहाँका जीवन तथा निर्जीवन कम्पनीहरूको संख्या अझ घट्नेछ ।
केही वर्षअघि यहाँ जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको संख्या ह्वात्तै बढेकाले यिनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको थियो । यिनीहरू यतिबेला सहरकेन्द्रित नभएर सीमित क्षेत्रमा सीमित व्यवसाय गर्न थालेका थिए । केहीले त अरूको भन्दा सस्तो मूल्यमा समेत बिमा व्यवसाय सञ्चालन गर्न थालेका थिए । जसको फलस्वरूप विदेशी पुनर्बिमा कम्पनीले यहाँका जलविद्युत् आयोजना पुनर्बिमा गर्न डराए । फलतः नेपाल बिमा प्राधिकरणले जलविद्युत् आयोजनाका लागि न्यूनतम मूल्य नै तोक्न प¥यो । जुन विगतमा यहाँ भएको अस्वस्थ प्रतिस्पर्धाको एक उदाहरण हो । बिमा कम्पनी ‘मर्जर’पछि यस्तो अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना कम छ । मर्जरपश्चात् जीवन बिमा कम्पनी तथा निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी, बिमा कोष, जगेडा कोषलगायत अन्य आर्थिक सूचकांकहरूको आकार बढेको छ । जसका कारण ती कम्पनीले भविष्यमा बहुआयामिक फाइदा प्राप्त गर्न सक्छन् । तर, यसका लागि सम्बन्धित जीवन तथा निर्जीवन बिमा कम्पनीका कर्मचारीहरू इमानदार हुन जरुरी छ ।
वास्तवमा कुनै पनि जीवन तथा निर्जीवन बिमा व्यवसाय सफलतापूर्वक सञ्चालन गर्न महŒवपूर्ण भूमिका खेल्छ । विगतमा बिमा व्यवसाय बढ्दा विद्यमान जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी कम भएकाले चाहेर पनि विभिन्न व्यवसाय सञ्चालन गर्न सकिएन । तर, अहिले यिनीहरूको चुक्ता पुँजी वृद्धि भएकाले इच्छा लागेका व्यवसाय सञ्चालन गर्न सकिन्छ । हाल नेपालमा जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको पहुँच सबै जिल्लामा पुगेको छ भने अभिकर्ताको पहुँच सबै स्थानीय तहमा पुगेको छ । विगतमा बिमास्थानहरूमा बिमा सेवा तथा अभिकर्ताको पहुँच खासै बढ्न सकेको थिएन । तर, ‘मर्जर’पछि यिनीहरूको पुँजी बढेकाले पहुँच पनि बढेको छ ।
कुनै पनि जीवन या निर्जीवन बिमा कम्पनीले आफूले लिएको सम्पूर्ण जोखिम आफै बहन गर्न सक्दैन । वास्तवमा बिमाको सिद्धान्तअनुसार ती कम्पनीले सबै जोखिम आपूmले बहन गर्न हुँदैन । मर्जरपछि यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेकाले यिनीहरूले पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने जोखिमको अनुपात घटाउन सकिन्छ । त्यसैले, भविष्यमा यहाँको बिमा व्यवसाय फस्टाउन सक्छ । यति मात्र नभई एकातर्फ नेपाली बिमा व्यवसायप्रति विदेशी पुनर्बिमा कम्पनीको विश्वास बढ्छ भने अर्कोतर्फ पुनर्बिमामार्फत बाहिरिने रकम रोकिने हुँदा यहाँको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ ।
केही वर्षयता बिमा व्यवसाय प्रवर्धनका लागि बिमा कम्पनीको चुक्ता पुँजी बढाउनुपर्ने महसुस गरियो । तसर्थ, यहाँको बिमा व्यवसायको वर्तमान अवस्थालाई दृष्टिगत गरी नियमन निकायका रूपमा रहेको नेपाल बिमा प्राधिकरणले यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निधो गरी नीति बनायो
विगतमा विदेशी पुनर्बिमा कम्पनी नेपाली बिमा कम्पनीको पुनर्बिमा गर्न हिचकिचाउँथे ’cause बिमा व्यवसाय सञ्चालनका लागि नेपाललाई जोखिमयुक्त मानिन्थ्यो । तर, आजकाल यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढेकाले जोखिम बहन क्षमता पनि बढेको छ । तसर्थ, भविष्यमा विदेशी पुनर्बिमा कम्पनीहरूको यिनीहरूप्रति विश्वास बढ्नेछ । कुनै दुई वा दुईभन्दा बढी जीवन वा निर्जीवन बिमा कम्पनी ‘मर्ज’ भएपछि वित्तीय सूचकहरू बढ्छन् । यसबाहेक विभिन्न बिमा कम्पनीमा विभिन्न क्षमताका कर्मचारी कार्यरत हुनाले उनीहरूले ‘मर्जर’पछि एकैठाउँमा बसेर अनुसन्धानात्मक तथा अन्य काम गर्ने अवसर पाउँछन् । जसका कारण भविष्यमा बिमा व्यवसाय प्रवर्धनका लागि नयाँ जोश तथा जागर जागृत भई स्थानीय जनताले मागअनुरूप सेवा पाउनेछन् । यति मात्र नभई उनीहरूको जीवन तथा निर्जीवन बिमा कम्पनीप्रति आस्था एवं भरोसा बढ्नेछ ।
विगतमा यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीले आफ्ना लगानीयोग्य पुँजीको धेरै अंश विभिन्न बैंकका मुद्दती खातामा संकलन गर्दै आएका छन् । वास्तवमा बिमा जोखिमयुक्त व्यवसाय भएकाले कम्पनीहरूले चाहेर पनि अन्य क्षेत्रमा लगानी गर्न तत्पर हुँदैनन् । ’cause ती कम्पनीमा दाबी गर्ने कुनै पनि व्यक्तिलाई यथाशीघ्र भुक्तानी दिन सक्नुपर्छ । यसो गर्न सकेमा ती कम्पनीप्रति जनविश्वास बढ्नेछ । वर्तमान समय नेपालका जीवन तथा निर्जीवन बिमा कम्पनीका चुक्ता पुँजी, बिमा कोष आदि बढेकाले भविष्यमा पूर्वाधार विकास, घरजग्गा खरिद आदिमा लगानी गरी आयआर्जन बढाउन सक्छन् । यति मात्र नभई लगानीकर्ताले पाउने प्रतिफलका साथै बिमितले पाउने बोनस सेयर पनि बढाउन सकिन्छ । यथार्थतः यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीले नवीनतम सूचना प्रविधिको प्रयोगबाट बढी फाइदा लिन सक्छन् । तर, यसका लागि बढी लगानी गर्नुपर्ने भएकाले ती कम्पनी आजसम्म पनि ग्राहकमैत्री हुन सकेका छैनन् । ‘मर्जर’पछि यी कम्पनीको चुक्ता पँुजी बढेकाले आगामी दिन यिनीहरू ग्राहकमैत्री भई बढी लाभान्वित हुनेछन् । यसका लागि सम्बन्धित बिमा कम्पनीका कर्मचारीले नया“ जोश तथा जा“गरसहित काम गर्न सक्नुपर्छ । ’cause, नेपाल बिमा प्राधिकरणले नीतिगत मार्ग निर्देशन दिने मात्र हो भने कार्यान्वयन गर्ने जिम्मा बिमा कम्पनीहरूको हो ।
नेपालका बिमा कम्पनीले लगानी विविधिकरण गर्न नपाएको गुनासो मध्यनजरमा राखी तत्कालीन बिमा समिति (हालको बिमा प्राधिकरण)ले २०७५ चैतमा ती कम्पनीलाई बैंकको मुद्दती निक्षेप र सेयर खरिद बिक्रीका साथै घरजग्गा व्यवसाय, कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधार एवं उत्पादनमूलक क्षेत्रहरूमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । तर, सो व्यवस्था गरेको झन्डै ६ वर्ष बितिसक्दा पनि ती कम्पनीले नयाँ क्षेत्रमा लगानी गर्न सकेका छैनन् । निर्देशिकाअनुसार यहाँका बिमा कम्पनीले आफ्नो कुल प्राविधिक सञ्चित कोषबाट वाणिज्य बैंकमा न्यूनतम ४० प्रतिशत, पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, विकास बैंकमा बढीमा २० प्रतिशत र फाइनान्स कम्पनीमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । ती बिमा कम्पनीले नेपाल सरकारको बचतपत्र र ऋणपत्रमा ५ प्रतिशतसम्म, घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म र सूचीकृत कम्पनीका साधारण सेयर खरिदमा १० प्रतिशतसम्म र अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यसैगरी, यी कम्पनीले सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधार विकासमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुयल फन्ड खरिदमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यद्यपि यी कम्पनीले हालसम्म पनि निर्देशिकाअनुसार लगानी विविधिकरण गर्न सकेका छैनन् । यिनीहरूको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरिएको छ भने ऋणपत्र र सूचीकृत सेयर खरिदमा केन्द्रित छ ।
निर्देशिकामा यहाँका बिमा कम्पनीले कृषि उत्पादन तथा वितरण, शीत भण्डार निर्माण, केबुलकार निर्माण, सडक, निर्माण, जलविद्युत् उत्पादन, सौर्य ऊर्जा उत्पादन आदि क्षेत्रहरूमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने प्रावधान छ । तर, आजसम्म पनि ती क्षेत्रमा अपेक्षाअनुरूप लगानी गर्न सकिएको छैन । कुनै पनि देशको सर्वांगिण विकासका लागि पूर्वाधार विकासले महŒवपूर्ण भूमिका खेल्छ । तसर्थ, २०७८ सालमा तत्कालीन बिमा समितिले निर्देशन जारी गरे पनि यहाँका बिमा कम्पनीहरूले यसतर्फ आजसम्म पनि ध्यान दिएका छैनन् । वास्तवमा पूर्वाधार विकासमा अनिवार्य लगानीको प्रावधान नभएको, प्रतिफल प्राप्त गर्न धेरै वर्ष कुनुपर्ने र ती कम्पनीसँग विशेषज्ञ पनि नभएकाले यसतर्फ लगानी गर्न सकिएको छैन ।
बढ्दो दैवी प्रकोपका कारण आज विभिन्न क्षेत्रको बिमा गर्न आवश्यक भएको छ । यसका लागि यहाँकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग सम्पर्क अभिवृद्धि गर्न जरुरी छ । नेपालमा हालसम्म पनि यहाँका बैंक तथा वित्तीय संस्थाको बिमा गर्ने काम प्रवर्धन गर्न सकिएको छैन । त्यसैले, यहाँ बिमा व्यवसाय आशाअनुरूप फस्टाउन सकेको छैन । वास्तवमा बिमा व्यवसाय प्रवर्धन गर्न भविष्यमा यससम्बन्धमा ठोस विकास गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नितान्त जरुरी छ । नेपालमा बिमा व्यवसाय प्रवर्धनका लागि खासगरी नेपाल बिमा प्राधिकरण जिम्मेवार छ । तर, हालसम्म पनि यसलाई आवश्यक अधिकार प्रदान गरेको महसुस हुँदैन । यसलाई आवश्यक अधिकार प्रदान गरी एक प्रभावशाली नियमनकारी निकाय बनाउन आवश्यक छ । त्यसपछि मात्र विद्यमान बिमा कम्पनीका समस्या समाधान गर्न सहज भई सो व्यवसायको विकासले गति लिनेछ ।
कुनै पनि व्यवसाय विकासका लागि विभिन्न किसिमको जनशक्ति आवश्यकता पर्छ । तर, बिमा कम्पनीमा आवश्यक विभिन्न जनशक्ति कमी भएकाले विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा बिमा विषय समावेश गरी आवश्यक दक्ष जनशक्ति तयार गर्न आवश्यक छ । यसबाहेक विद्यालय तहको पाठयक्रममा बिमा विषय समावेश गरी पठनपाठन गर्न पनि उत्तिकै जरुरी छ । बिमा कम्पनीबाट एकातर्फ बचत गर्ने बानीको विकास हुन्छ भने अर्कोतर्फ सुलभ दरमा ब्याज पनि लिन सकिन्छ । हालसम्म पनि नेपालका अधिकांश जनतालाई हालसम्म पनि यससम्बन्धी ज्ञान नभएकाले देशभर व्यापक प्रचार–प्रसारको आवश्यकता छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएको हुनाले सन् २०१० जनवरीदेखि यसले सेवा क्षेत्रमा उदारीकरण नीति अवलम्बन गरेको छ । भविष्यमा विदेशी बिमा कम्पनीका शाखा स्थापना हुने प्रबल सम्भावना भएकाले वस्तुपरक विकल्प खोजी जरुरी छ । यसका लागि समन्वय निकाय विशेषतः अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड एकजुट भई यथाशीघ्र काम गर्न नितान्त आवश्यक छ ।
(Visited 10 times, 1 visits today)
