बागमतीमा नयाँ ट्विस्ट: २ सांसद रहेको हानेपाद्वारा मुख्यमन्त्रीमा दाबी


केन्द्रमा भएको नयाँ सत्ता समीकरणसँगै अब बागमती प्रदेशमा कसको र कस्तो सरकार बन्ला भन्ने धेरैलाई कौतुहलता रहेको छ। केन्द्रमा समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको दुई हप्ता पुग्दैछ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारको निरन्तरता होला कि नेकपा एमाले वा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ला भन्ने अन्यौलता कायमै रहेको अवस्थामा बागमतीमा नयाँ ट्विस्ट आएको छ।

सत्तारुढ दलको पक्षमा एक सांसद् अपुग रहेको अवस्थामा २ सांसद् रहेको हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि बागमतीको मुख्यमन्त्रीमा दाबी गरेको छ।

११० सदस्यीय प्रदेशसभामा नयाँ सत्ता गठबन्धनको ५५ सांसद छ। जसमा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ जना छन्। बागमती प्रदेश सरकार गठन वा निरन्तरताका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ।

यो गठबन्धनको लागि एक सांसद्को अपुग रहेको अवस्थामा हानेपाले पनि सरकारको नेतृत्वमा दाबी गरेको हो। नयाँ गठबन्धन दलले सरकारमा सहभागी हुन र विश्वासको मतका लागि फकाइरहेको यस पार्टीले नै सरकारमा दाबी गरेपछि नयाँ ट्विस्ट आएको हो।

यहाँ माओवादीले प्रदेश सरकारको नेतृत्व कायम रहनुपर्ने बताउँदै आएको छ भने एमाले र नेकपा एसले पनि नेतृत्वका लागि लविङ गरिरहेको छ।

हाम्रो नेपाली पार्टीको चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी विज्ञप्तिमार्फत लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको उल्लेख छ।

पार्टीका प्रवक्ता डिल्लीश्वर कार्की (रोहन) ले हस्ताक्षर गरेको विज्ञप्तिमा बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको र बागमती सरकारको नेतृत्वमा आफ्नो पार्टीको समेत दाबी रहेको उल्लेख गरिएको छ।

पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका सरकारहरूलाई विश्वासको मत दिएपनि सरकार बनाउने र ढाल्ने खेल मात्रै भएकाले अब त्यस्तो खेलमा आफूहरू नलाग्ने प्रतिक्रिया दिए।

प्रदेशमा सानो दल भएपनि नेतृत्वमा आफूहरूको दाबी रहेको बज्राचार्यको भनाई छ। यस विषयमा अर्को निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मौन रहेको छ। बागमती प्रदेशसभामा राप्रपाको १३ सांसद् रहेका छन्।

प्रकाशित: ४ चैत्र २०८० २०:३८ आइतबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School