बरोडासँग हार्‍यो नेपाल


भारतमा जारी त्रिकोणीय मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजमा नेपाली टोली बरोडासँग पराजित भएको छ। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो।

यद्यपी तीन गुजरातसँग दुई र बरोडासँग पहिलो खेल जितेको नेपाल सिरिजको फाइनलमा भने पुगिसकेको छ।

आजको खेलमा बरोडाले नेपाललाई जितका लागि १५७ रनको लक्ष्य दिएको थियो। सुरुमा नेपाली बलर हाबी रहेपनि अन्तिममा कमजोर प्रदर्शन गरेपछि २० ओभरमा बरोडाले ८ विकेट गुमाउँदै १५६ रन जोडेको थियो।

बरोडाले उक्त रन जोड्नेक्रममा ब्याटरहरू शाश्वत रावतले ३१ र ध्रुब पटेलले २९ रनको योगदान दिएका थिए। नेपाली बलरहरू गुल्शन झा र करन केसीले २÷२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका तर्फबाट प्रारम्भिक चार ब्याटर २७ रनमै आउट भएका थिए। त्यसपछि सन्दीप जोरा र विवेक यादवबीच केहीबेर साझेदारी भयो। जोराले ५८ रन जोडेका थिए।  

खेलको अन्तिममा  धमाधम विकेट गुम्दै गएपछि १९ ओभर ५ बलमा ११९ रनमा अलआउट हुनपुग्यो।

प्रकाशित: २३ चैत्र २०८० १६:३४ शुक्रबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School