बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध सरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर



प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ।

गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत भएपछि हसिना अहिले छिमेकी मुलुक भारतमा निर्वासित अवस्थामा छिन् ।

पूर्व प्रधानमन्त्री हसिना र उनको अवामी लिग पार्टीका शीर्ष नेता तथा कार्यकर्ता वफादारहरू विरुद्ध धेरै आपराधिक अभियोगहरू जारी गरिएका छन् । हसिना नेतृत्वमा रहँदा सुरक्षा बलहरूले गत वर्षको विद्यार्थी आन्दोलनका समयमा सयौँ प्रदर्शनकारीहरूको हत्या गरेको थियो ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध सरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध सरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

गत डिसेम्बरमा अवामी लिगका करिब ६०० सदस्यको उपस्थितिमा भएको भर्चुअल बैठकमा हसिनालाई सत्तामा फर्काउने उद्देश्यले ‘बंगलादेशमा गृहयुद्ध छेड्ने’ षड्यन्त्र रचेको प्रहरीले उल्लेख गरेको छ ।

“देशभित्र र बाहिर रहेका अवामी लिग समर्थक धेरैले अन्तिम अवस्थासम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएका हसिनाविरूद्धको मुद्दामा उल्लेख गरिएको छ ।

प्रहरी प्रवक्ता जसिम उद्दीन खानले एएफपीसँग कुरा गर्दै सुरुमा हसिना र अन्य ७२ जनाविरुद्ध आरोप लगाइएको तर अनुसन्धान अघि बढेसँगै प्रतिवादीको सङ्ख्या बढ्न सक्ने बताए ।

“भर्चुअल मिटिङमा ५७७ जना सहभागी भएका थिए । हामी उनीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेका छौं र यदि षडयन्त्रमा संलग्न भएको पाइएमा उनीहरूमाथि मुद्दा चलाइनेछ,” उनले भनने ।

यस वर्षको सुरुमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयको एक प्रतिवेदनमा हसिनाको सरकारले गत वर्ष सत्तामा टिक्ने प्रयासमा प्रदर्शनकारीहरूमाथि सुनियोजित आक्रमण र हत्याका लागि जिम्मेवार रहेको उल्लेख गरेको थियो।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध सरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

अहिले नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले बङ्गलादेशको नेतृत्व सम्हालिरहेका छन् ।

उहाँको कामचलाउ सरकारलाई सन् २०२६ को जुनमा हुने नयाँ निर्वाचनअघि लोकतान्त्रिक सुधारको कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ ।





Source link

Leave a Comment