फ्रान्समा भएको हवाई दुर्घटनामा पाइलट छोरालाई गुमाएका दम्पत्ती पनि विमान दुर्घटनामै अस्ताए



प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

तस्बिर : साम पन्थाकी/एएफपी

एयर इन्डिया (एआई १७१) बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै एक मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भयो। उक्त भीषण दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ भने एक जना मात्र जीवित रहेका छन्।

दुर्घटनाग्रस्त विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार थिए। मृतकमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज, १ जना क्यानाडेली नागरिक थिए। उक्त विमान युकेको लण्डन जाने क्रममा थियो। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ, यद्यपि प्रारम्भिक अनुमानअनुसार विमानको इन्जिनमा अचानक गम्भीर खराबी आएकाले विमानले सन्तुलन गुमाएको बताइएको छ।

एउटै परिवारमा दोस्रोपटक शोक

फ्रान्समा भएको हवाई दुर्घटनामा पाइलट छोरालाई गुमाएका दम्पत्ती पनि विमान दुर्घटनामै अस्ताए

फ्रान्समा भएको हवाई दुर्घटनामा पाइलट छोरालाई गुमाएका दम्पत्ती पनि विमान दुर्घटनामै अस्ताए

उत्तर-पश्चिम लन्डनको ह्यारोमा रहेको सिद्धाश्रम शक्तिकेन्द्रका प्रमुख राजराजेश्वर गुरुजीका अनुसार उक्त दुर्घटनामा ज्यान गुमाएका एक दम्पतीले यसअघि नै आफ्नो एक मात्र छोरालाई फ्रान्समा भएको एक हवाई दुर्घटनामा गुमाइसकेका थिए। उनका अनुसार ती दम्पती भारतमा धार्मिक उत्सवमा सहभागी भएर लण्डन फर्कंदै थिए। यद्यपी, उनीहरुको नाम भने खुलाएनन् ।

“यी दम्पती आफ्नो छोरा, जो पाइलट थिए, उनको मृत्युपछि अत्यन्तै दुःखी थिए। अब उनीहरू आफैँ पनि यस्तो भीषण दुर्घटनामा परे। यस्तो पीडादायक कुरा हामी सोच्न पनि सक्दैनौं,” राजराजेश्वरले भने।

गुरुजीका अनुसार, दुर्घटनामा मारिएका कम्तीमा २० जना उनी व्यक्तिगत रूपमा चिनेका थिए र ती सबै सिद्धाश्रम शक्तिकेन्द्रका भक्तजन थिए। उनीहरू मध्ये धेरैजसो भारतमा आफ्ना बृद्ध बाबुआमालाई भेट्न वा धार्मिक कार्यक्रममा सहभागी हुन गएका थिए।

“यी मध्ये केही अभिभावक आफ्ना सन्तानहरूलाई बेलायतको विश्वविद्यालयमा छोडेर भारत गएका थिए। अब उनीहरू फर्कने क्रममा यस्तो भयावह दुर्घटनामा परे,” उनले पीए मिडियालाई बताए।

राजराजेश्वर गुरुजीले थपे, “सिद्धाश्रम शक्तिकेन्द्रको २५ वर्षे इतिहासमा यति धेरै भक्तजनको एकैपटक मृत्यु भएको यो पहिलो घटना हो। सम्पूर्ण समुदाय शोकमा डुबेको छ।”

फ्रान्समा भएको हवाई दुर्घटनामा पाइलट छोरालाई गुमाएका दम्पत्ती पनि विमान दुर्घटनामै अस्ताए

२४२ जनाको यात्राबाट केवल एक जना मात्र जीवित उद्धार भएका छन्। उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।





Source link

Leave a Comment