फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन नबनाउने



प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन बनाउने कार्य रोक्ने सहमति जनाएको छ ।

प्रविधि र मानवअधिकारको क्षेत्रमा काम गर्ने बेलायतको लण्डनमा बस्ने ३७ बर्षीया तन्या ओक्यारेलले मेटा विरुद्ध दायर गरेपछि फेसबुकले यो सहमति जनाएको हो ।

यसले अन्य व्यक्तिहरूलाई पनि विज्ञापनविरुद्ध कदम चाल्नका लागि मार्ग बनाउने छ उनले भनेकी छन ।

फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन नबनाउने

फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन नबनाउने

बेलायतको डाटा निगरानी निकाय सूचना आयुक्त कार्यालय ले अनलाइन लक्षित विज्ञापनलाई प्रत्यक्ष मार्केटिंगको रूपमा विचार गर्नु आवश्यक छ ।

मेटाले प्रयोगकर्ताहरूलाई आफ्नो डाटा र विज्ञापन प्राथमिकताहरू नियन्त्रण गर्नका लागि बलियो सेटिङ्स र उपकरणहरू प्रदान गरेको बताएको छ ।

लगभग २० वर्षअघि ओुक्यारेलले फेसबुक खाता खोलेकी थिइन । उनले २०२२ मा मेटाविरुद्ध मुद्दा दायर गरेकी थिइन ।

उनले मेटासँग व्यक्तिगत डाटाको प्रयोग नहोस र उनलाई लक्षित विज्ञापनहरू देखाउनु बन्द होस भन्ने अपेक्षा फेसबुकसँग गरेकी थिइन ।

साधारण डाटा संरक्षण विनियमले कसरी व्यक्तिगत जानकारी प्रयोग गर्ने भन्ने कुरा नियन्त्रण गर्दछ ।

फेसबुकले व्यक्तिगत जानकारी प्रयोग गरेर विज्ञापन नबनाउने

ओक्यारेलको मुद्दाले भनेको छ कि फेसबुकको लक्षित विज्ञापन प्रणाली बेलायतको प्रत्यक्ष मार्केटिंगको परिभाषामा पर्छ । यो परिभाषा भित्र परेका व्यक्तिहरूलाई विज्ञापनमा आपत्ति जनाउनको अधिकार छ ।

मेटाले फेसबुकमा विज्ञापनहरू केवल १०० जनाको न्यूनतम समूहमा मात्रै लक्षित गर्न सकिने बताएको छ ।

त्यसैले यसलाई प्रत्यक्ष मार्केटिंगको रूपमा मान्न नसकिने मेटाले बताएको छ । तर बेलायतको सूचना आयुक्त कार्यालयले मेटाको धारणालाई खारेज गरेको छ ।

फेसबुक र इन्स्टाग्रामलाई निर्माण र मर्मत गर्न ठूलो खर्च आउँछ । यी सेवाहरू बेलायती उपभोक्ताहरूका लागि व्यक्तिगत विज्ञापनको कारण निःशुल्क छन् ।

फेसबुक र इन्स्टाग्रामले युरोपका अधिकांश देशहरूमा सेवा प्रवाह गरेका छन । त्यहाँका प्रयोगकर्ताले मासिक भुक्तानी गर्न सक्छन् ।





Source link

Leave a Comment