फेडरल ट्रेड कमिसनका प्रमुखलाई हटाउन ट्रम्प प्रशासनले पायो सर्वोच्चबाट अनुमति



प्रकाशित मिति : आश्विन ६, २०८२ मंगलबार

फेडरल ट्रेड कमिसनका प्रमुखलाई हटाउन ट्रम्प प्रशासनले पायो सर्वोच्चबाट अनुमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ट्रेड कमिसन (एफटीसी) का शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न पाउने भएका छन्। सर्वोच्च अदालतले ६–३ को बहुमतले ट्रम्पको पक्षमा निर्णय दिँदै डेमोक्र्याट कमिश्नर रेबेका स्लटरलाई पदबाट हटाउन मिल्ने ठहर गरेको हो।

यो फैसलासँगै अदालतले करिब सय वर्ष पुरानो एउटा कानुनी फैसलाको पनि पुनः समीक्षा गर्ने निर्णय गरेको छ। यो फैसलाले काँग्रेसद्वारा स्थापना गरिएका स्वतन्त्र निकायहरूलाई राष्ट्रपतिको हस्तक्षेपबाट जोगाउने व्यवस्था गरेको थियो।

न्यायाधीश एलेना केगनले यो फैसलाप्रति असहमति जनाउँदै यसलाई “काँग्रेसले दलगत प्रभावबाट जोगाउन बनेका संस्थाहरूलाई राष्ट्रपतिले नियन्त्रणमा लिन दिने खतरनाक कदम” भएको चेतावनी दिएकी छिन्।

फेडरल ट्रेड कमिसनका प्रमुखलाई हटाउन ट्रम्प प्रशासनले पायो सर्वोच्चबाट अनुमति

फेडरल ट्रेड कमिसनका प्रमुखलाई हटाउन ट्रम्प प्रशासनले पायो सर्वोच्चबाट अनुमति

सर्वोच्च अदालतले डिसेम्बरमा सुनुवाइ गर्ने बताएको मुद्दा सन् १९३५ को ‘हाम्फ्रिज् एक्सिक्युटर’ भनिने फैसला हो। उक्त फैसलामा अदालतले तत्कालीन राष्ट्रपति फ्र्याङ्कलिन डी रुजभेल्टले बर्खास्त गरेका कमिश्नरको पक्ष लिएको थियो। त्यस फैसलाअनुसार कमिश्नरहरूलाई केवल अनुशासनहीनता वा कर्तव्य बेवास्ता गरे मात्र हटाउन सकिने व्यवस्था थियो।

पछिल्लो निर्णयले यसअघि सर्वोच्च अदालतले अस्थायी आदेशमार्फत ट्रम्पलाई बर्खास्ती प्रक्रियामा अघि बढ्न दिएको अनुमतिलाई पुष्टि गरेको छ।

अदालत अहिले ट्रम्प प्रशासनले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई पदबाट हटाउने अनुरोधबारे पनि विचार गर्दैछ। कुकलाई गत अगस्टमा ट्रम्प प्रशासनले “मोर्टगेज धोखाधडी” को आरोप लगाउँदै हटाएको थियो।

तर, उनले आरोप अस्वीकार गर्दै कानुनी चुनौती दिएकी छिन्। संघीय अदालतले पनि उनको पक्षमा निर्णय दिँदै राष्ट्रपतिसँग उनलाई हटाउन सक्ने अधिकार नभएको बताएको छ।





Source link

Leave a Comment