प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैं

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैं



प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैहुनुहुन्छ । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६को उपधारा ४ अनुसार संसद् बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत प्रधानमन्त्री ओलीको पक्षमा आउने देखिन्छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो । नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संसदमा हाल कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ ।

असार १७ गते राति कांग्रेस र एमालेविच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सो सहमतिपत्र अझैसम्म सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । सम्बोधनका क्रममा सहमती पत्र सार्वजनिक गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापाको माग छ ।

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैं

दुई प्रमुख दलको सहमतिअनुसार सुरुको दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने सहमति जुटेको बताइएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School