प्रचण्ड भन्छन्- गठबन्धन, ओली भन्छन्- समीकरण मात्रै

प्रचण्ड भन्छन्- गठबन्धन, ओली भन्छन्- समीकरण मात्रै


२६ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली दैनिकजसो कम्तीमा डेढ-दुई घन्टा भेट्ने गर्छन्। कांग्रेस-माओवादी गठबन्धन त्यागेर एमाले-माओवादीसहितको नयाँ सहकार्य बनिसक्दा पनि उनीहरुका कतिपय मत भने मिलेका देखिंदैनन् ।

प्रचण्ड र ओली दुवैका पछिल्ला अभिव्यक्तिको विवेचना गरौं ।

चैतको दोस्रो साता र तेस्रो साता क्रमशः माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा, अनि एमाले अध्यक्ष ओलीले एमाले कास्की अधिवेशनमा दिएका अभिव्यक्ति सुन्दा उनीहरुको सहकार्यमा कहाँनेर फरक परिरहेको छ भनी बुझ्न सजिलो हुन्छ ।

प्रचण्डले १३ चैतमा पार्टीको बागमती प्रदेश समिति बैठकमा भनेका थिए :

‘गठबन्धन परिवर्तन एकाएक भएको होइन । एमालेसँगको नयाँ गठबन्धन सोचविचार गरेर नै भएको हो । वामपन्थी शक्तिलाई एकै ठाउँ ल्याउने लक्ष्य छ । त्यसैले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले अक्षरशः लागू गरिन्छ । त्यसैका आधारमा वामशक्तिबीच एक ठाउँ आउने आधार तयार हुने छ ।’

प्रचण्डले बोलेको अर्को साता ओलीले पोखराको पार्टी अधिवेशनमा त्यसको घुमाउरो शैलीमा जवाफ फर्काए :

‘अहिले हामीले जे बनाएको छौं, यो गठबन्धन होइन, समीकरण मात्र हो । अहिले दलहरुको छुट्टाछुट्टै कार्यक्रम र योजना र घोषणापत्र छ ।’

ओलीभन्दा अघि पोखरामै बोल्ने क्रममा महासचिव शंकर पोखरेलले पनि एमालेको समग्र ध्यान मिसन ०८४ तर्फ भएको, बलियो राष्ट्रिय शक्ति बनाउनका लागि आफ्नोविरुद्धको घेराबन्दी तोड्नै पर्ने आवश्यकतामा केन्द्रित भएको बताएका थिए ।

झट्ट हेर्दा संसदमा माओवादी-कांग्रेसले या माओवादी-एमालेले अरु दललाई मिलाएर बहुमत पुर्‍यायाउने उपक्रमलाई विगतमा गठबन्धन वा समीकरणको नाम दिएको देखिन्छ ।

विश्लेषक झलक सुवेदीका अनुसार प्रचण्ड र ओलीका भनाइको सारांश खिच्दा उनीहरु कालान्तरमा सहकार्य हुँदै एकतासम्मै पुग्न सक्छन् । तर, अहिले गठबन्धन भन्ने कि समीकरण भनेर जानेमा दुई नेताबीच फरक परेको उनी बताउँछन्

अहिलेको प्रयास यो शब्दको निरुपण नगर्दै पनि दुई पार्टीका अध्यक्षहरु सम्भावित सहकार्यको स्वरुप कहाँसम्म अघि बढ्छ भन्नेबारे छलफल गरिरहेका छन् ।

‘यो नयाँ गठबन्धन हो, तर नयाँ समीकरण पनि भन्न मिल्छ,’ माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल दुई अध्यक्षको साझा ‘सार’ खिच्ने कोसिस गर्दै भन्छन्, ‘गठबन्धनमात्रै भन्दा यो शब्दले त्यति राम्रो भाव दिएन कि भन्ने अर्थमा पनि अर्को शब्द प्रयोग भएको हो । मूल कुरा नयाँ आधारमा सहकार्य भएको हो भनौं ।’

वामपन्थीहरु आफू समावेश नभएको गठबन्धनलाई अपवित्र भन्नेदेखि सबैखाले आरोप प्रत्यारोपमा ओर्लने गर्छन् । मिलेका बेला ती कलह थाँती पनि राख्छन् । संविधान निर्माण लगत्तै एमाले र माओवादी मिलेर ओली प्रधानमन्त्री बनेका थिए, जसलाई ०७३ को साउनमा प्रचण्डले फेरि गठबन्धन बदल्दै कांग्रेससँग पुगे । फेरि आरोपप्रत्यारोपको सिलसिला एमाले–माओवादीभित्र चल्यो ।

०७४ असोजमा तिनै एमाले-माओवादीले वाम गठबन्धन बनाए, जसको बलमा दुई तिहाई निकट प्रतिनिधिसभा सिट जित्दै ओली प्रधानमन्त्री बने । अर्को वर्ष ०७५ जेठ ३ मा त दुई पार्टीबीच एकता नै भयो । नेकपा बनेको केही समयमै अन्तर्विरोध चुलिँदै कालान्तरमा प्रतिनिधिसभा विघटन र पार्टी विभाजन नै भयो ।

अनि फेरि दुई नेताको कलहले पार्टीभित्रैका बहसमा तिक्तता पैदा गर्यो । तीन वर्षअघि नेकपाको अन्तकलहमा संस्थापन इतर पक्षले बहुमत देखाउँदै केपी ओलीविरुद्ध १९ पानाको दस्तावेज लेख्यो । पहिलो बरियताका अध्यक्ष ओलीले त्यसलाई ‘आरोपपत्र’ भनिदिएका थिए ।

यथार्थमा त्यो ‘पत्र–निरुपण’ हुन नपाउँदै एमाले र माओवादी केन्द्र आपसमा नयाँ सहकार्यका लागि तयार भएका छन् ।

पोहोर पुसमा उनीहरुबीच चुनावपछिको समीकरण बनाउने बेला समेत यसबारे छलफलको समय पनि थिएन, खाँचो पनि परेको देखिएन । एक महिनामै उनीहरु किन छुटे, त्यसको पनि निरुपणको खाँचो परेको देखिँदैन ।

र, अहिलेको सहकार्यलाई दुई शीर्ष नेताले कहाँसम्म पुर्‍याउन चाहेका छन् भन्नेमा प्रचण्ड र ओली दुवैका फरक दृष्टिहरु उजागर हुन पुगेका छन् । दोस्रो तहका नेताहरुका बोलीबाट त्यो अझै प्रष्ट हुन्छ ।

‘अहिलेसम्मको विकासक्रम हेर्दा यो वाम बाहुल्य भएको राजनीतिक सत्ता समीकरण हो, आपसमा विश्वास आर्जन हुँदै गयो भने गठबन्धनमा रुपान्तरण हुने सम्भावना छ,’ एमाले सचिव योगेश भट्टराई भन्छन्, ‘शब्दको पछि लागेर कम्युनिस्ट ध्रुवीकरण, वाम गठबन्धन इत्यादि केही भन्दैनौं । अहिले सत्ता सहकार्य बलियो बनाउने र भविष्यका लागि के गर्न सकिन्छ या सकिँदैन भनेर हेर्ने हो ।’

विश्लेषक झलक सुवेदीका अनुसार प्रचण्ड र ओलीका भनाइको सारांश खिच्दा उनीहरु कालान्तरमा सहकार्य हुँदै एकतासम्मै पुग्न सक्छन् । तर, अहिले गठबन्धन भन्ने कि समीकरण भनेर जानेमा दुई नेताबीच फरक परेको उनी बताउँछन् ।

‘हुन त कुन गठबन्धन, कुन समीकरण भनी ठेगान नहुने देश हो नेपाल, बबरमहलबाट सँगै हिँडेकाहरु बानेश्वर आइपुग्दा मिल्न सक्दैनन्,’ सुवेदी भन्छन्, ‘प्रचण्ड कार्यकर्ताको चित्त बुझाउन प्वाक्क बोल्दिन्छन्, त्यही कुरा ओली चाहिँ अड्कलेर बोल्छन् । तर, दुवै नेताको भित्री मनसाय हेर्दा आ-आफ्ना स्वार्थ सुरक्षित राखेर अघि बढ्दै जाने भन्ने देखिन्छ । पछि ध्रुवीकरण वा एकता जे पनि हुन सक्छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School