प्यालेष्टाइनको समर्थन गर्ने अमेरिकनलाई जर्मनीबाट देशनिकालाको आदेश



प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

Passport book

जर्मनीका अध्यागमन अधिकारीहरूले गाजामा इजरायलको युद्ध विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोपमा एकजना अमेरिकनलाई देश निकाला गर्ने तयारी गरिरहेका छन्। जर्मन आप्रवासन कानून अन्तर्गत उनीविरुद्ध देशनिकालाको आदेश जारी गरिएको हो ।

देशनिकालाको आदेश एक महिना भन्दा कम समयमा लागू हुने तय भएको छ । उनलाई कुनै पनि अपराधको दोषी भने ठहराइएको छैन। देशनिकालाको आदेश अनुशार अमेरिकी नागरिक कूपर लङबोटमले अबको झण्डै एकमहिनामा जर्मनी छाड्नुपर्नेछ ।

white concrete building with flags on top under blue sky during daytime

प्यालेष्टाइनको समर्थन गर्ने अमेरिकनलाई जर्मनीबाट देशनिकालाको आदेश

प्यालेष्टाइनको समर्थन गर्ने अमेरिकनलाई जर्मनीबाट देशनिकालाको आदेश

जर्मन आप्रवासन कानून अन्तर्गत अधिकारीहरूलाई देश निकाला आदेश जारी गर्न आपराधिक अभियोगको आवश्यकता पर्दैन । यद्यपि उल्लेख गरिएका कारणहरू देश निकालाको गम्भीरतासँग मिल्नुपछै । अर्थात् कोही आफ्नो परिवारबाट अलग हुने वा आफ्नो व्यवसाय गुमाउने जस्ता अवस्था आएमा त्यसबारे विचार गर्नुपर्छ ।

प्यालेष्टाइनको समर्थनमा प्रदर्शन गरेका उनीविरुद्धका आरोपहरु प्रहरी फाइलहरूबाट लिइएका हुन् । जुन बर्लिनमा प्यालेस्टाइन समर्थक कार्यहरूसँग सम्बन्धित छन्। केही आरोपहरू जर्मनीमा आपराधिक आरोपहरूसँग मेल खान्छन् तर कुनै पनि फौजदारी अदालतमा पेश भने गरिएको छैन।

विरोध प्रदर्शनमा बर्लिन केन्द्रीय रेलवे स्टेशनमा सामूहिक धर्ना, सडक अवरोध र २०२४ को अन्त्यतिर फ्री युनिभर्सिटी बर्लिनको भवन कब्जा समावेश छ।





Source link

Leave a Comment