पूर्व राष्ट्रपति क्लिन्टनमाथि छानबिन गर्न ट्रम्पले किन दिए निर्देशन ?



प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार

पूर्व राष्ट्रपति क्लिन्टनमाथि छानबिन गर्न ट्रम्पले किन दिए निर्देशन ?

एप्स्टिन प्रकरणमा मुख्य बैंक र डेमोक्र्याट नेताहरूसँगका सम्भावित सम्बन्धबारे अमेरिकी न्याय मन्त्रालयले छानबिन गर्ने भएको छ।

अमेरिकी न्याय मन्त्रालयले विवादास्पद बाल यौन काण्डमा मुछिएका तथा वित्तीय कारोबारी जेफ्री एप्स्टिनका ठूला बैंकहरू र केही प्रमुख डेमोक्र्याट नेताहरूसँगका सम्बन्धबारे छानबिन गर्ने औपचारिक पुष्टि गरेको हो।

यो छानबिनको दायरामा पूर्व राष्ट्रपति डेमोक्र्याट बिल क्लिन्टन पनि परेका छन्।

पूर्व राष्ट्रपति क्लिन्टनमाथि छानबिन गर्न ट्रम्पले किन दिए निर्देशन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बन्डी र एफबीआईलाई क्लिन्टन तथा अन्य व्यक्तिसँग एप्स्टिनको “निकटता र सम्बन्ध” छानबिन गर्न आग्रह गर्ने भएका छन्।

हालै अमेरिकी कङ्ग्रेसले एप्स्टिनका हजारौँ इमेल सार्वजनिक गरेपछि विवाद चर्किएको हो। इमेलमा ट्रम्पको नाम उल्लेख भएको पाइएपछि डेमोक्र्याटहरूले ट्रम्पलाई “ध्यान अन्यत्र मोड्ने प्रयास” गरेको आरोप लगाएका छन्।

हाउस ओभरसाइट कमिटीले सार्वजनिक गरेका २ हजार ३२४ इमेल श्रृङ्खला (थ्रेड) मध्ये करिब १ हजार ६०० मा ट्रम्पको नाम उल्लेख भएको ‘वाल स्ट्रीट जर्नल’ को समीक्षामा खुलेको छ।

कमिटीका प्रमुख डेमोक्र्याट रोबर्ट गार्सियाले भने, “ट्रम्प एप्स्टिनसँगको आफ्नो सम्बन्धबारे गम्भीर प्रश्नबाट भाग्दैछन्।”

ट्रम्पले न्याय मन्त्रालयलाई जेपी मोर्गन चेस बैंक, पूर्व अर्थमन्त्री लेरी सम्मर्स तथा लिंक्डइनका संस्थापक र डेमोक्र्याट दाता रिड हफम्यानलाई पनि छानबिनको दायरामा राख्न आग्रह गरेको बताए।

क्लिन्टनले भने आफू एप्स्टिनका अपराधबारे अन्जान रहेको दाबी दोहोर्याएका छन्। जेपी मोर्गनले एप्स्टिनसँगको कुनै पनि सम्बन्ध ‘अफसोसजनक’ भएको बताउँदै आफूहरूले उनको अपराधमा सहयोग नगरेको स्पष्ट पारे।

प्रतिनिधिसभामा अर्को हप्ता एप्स्टिनसम्बन्धी सबै फाइल सार्वजनिक गर्ने प्रस्तावमा मतदान हुँदैछ। डेमोक्र्याट अडेलिटा गिरिजाल्भाले पदबहालीपछि तुरुन्तै फाइल सार्वजनिक गर्न माग गर्दै गरिएको निवेदनमा हस्ताक्षर गर्दा आवश्यक २१८ हस्ताक्षर पूरा भएको हो। चार रिपब्लिकन सांसदले पनि यसमा साथ दिएका छन्।

यौन तस्करीको मुद्दामा २० वर्षको सजाय काटिरहेका घिस्लेन म्याक्सवेल र एप्स्टिनबीच २०११ मा आदानप्रदान भएका इमेलहरू पनि सार्वजनिक भएका छन्।

ट्रम्प एप्स्टिनका वर्षौँका साथी थिए तर उनले २००० को दशकको सुरुतिर उनीसँग दूरी बनाएको दाबी गर्दै आएका छन्। ट्रम्पले कुनै गलत काम नगरेको बताएका छन्।

परम्परागत रूपमा राष्ट्रपतिहरूले न्याय मन्त्रालयलाई व्यक्तिहरूको छानबिन गर्न सीधा निर्देशन नदिने प्रचलन छ।

तर बाइडेन प्रशासनले २०२० को चुनावमा हस्तक्षेपको आरोपमा ट्रम्पमाथि छानबिन चलाएको थियो, जुन ट्रम्प सत्ता फर्किएपछि बन्द भएको हो।

Table of Contents

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment