प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका छन्।
बीबीसीको ‘पानोरामा’ कार्यक्रमले आफ्नो भाषणलाई सम्पादन गरेको तरिकाप्रति आपत्ति जनाउँदै उनले कानुनी कारबाही गर्ने घोषणा गरेका हुन्। बीबीसीले गल्ती स्वीकार्दै माफी मागेको थियो तर आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेको छ।
‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बीबीसीविरुद्ध अर्को सातासम्ममा एकदेखि पाँच अर्ब डलरसम्मको मुद्दा हाल्ने बताए।
बीबीसीले ६ जनवरी २०२१ मा ट्रम्पले दिएको भाषणको सम्पादनले “ट्रम्पले हिंसात्मक कदम चाल्न प्रत्यक्ष आह्वान गरेको भनी गलत बुझाइ दिएको” स्वीकार गर्दै माफी मागेको थियो।
तर क्षतिपूर्ति दिन नमान्दा विवाद चर्किएको हो। यस घटनाका कारण बीबीसीका महानिर्देशक टिम डेभी र न्युज प्रमुख डेबराह टर्नेसले राजीनामा दिएका छन्।
ट्रम्पले भने, “उनीहरूले धोका दिए। मेरा मुखबाट निस्केका शब्द नै परिवर्तन गरे।” उनले यो विषयबारे ब्रिटिश प्रधानमन्त्री किर स्टार्मरसँग भने कुरा नभएको बताए।
यसअघि ट्रम्पका वकिलहरूले बीबीसीलाई एक अर्ब डलर क्षतिपूर्ति माग्दै चेतावनी पत्र पठाएका थिए।
तर हालसम्म कुनै मुद्दा दायर नभएको अमेरिकी अदालतका सार्वजनिक अभिलेखले देखाउँछन्।
गत जुलाईमा सीबीएसको मालिक ‘प्यारामाउन्ट ग्लोबल’ ले कमला ह्यारिससँगको अन्तर्वार्तासम्बन्धी विवादमा ट्रम्पसँग सोह्र मिलियन डलर बराबरको सम्झौता गरेको थियो।
ट्रम्पले भने, “यदि यस्तो पुनः नहोस् भन्नका लागि पनि मुद्दा हाल्नैपर्छ।”
यसैबीच, २०२२ मा ‘न्यूजनाइट’ मा प्रसारित ट्रम्पको भाषणको अर्को सम्पादित क्लिप समेत बाहिरिएपछि विवाद थप चर्किएको हो।
बीबीसीका वकिलहरूले ट्रम्पका कानुनी टोलीलाई पठाएको पत्रमा पाँच प्रमुख कारण उल्लेख गर्दै आफूविरुद्ध मानहानिको दाबी लागू नहुने तर्क गरेका छन्।
बीबीसी अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई छुट्टै पत्र लेखेर सम्पादनबारे व्यक्तिगत रूपमा माफी मागेको पनि बीबीसीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
