प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

राहदानी विभागले पासपोर्ट अर्थात् राहदानी बनाउने नाममा नठगिन सेवाग्राहीलाई सचेत गराएको छ ।
विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै सचेत गराएको हो ।
विभागले उक्त ठगीमा संलग्न भएका शङ्कास्पद १५ जनालाई अहिलेसम्म नियन्त्रणमा लिई अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ ।
विभागले यसप्रकार कुनै पनि बहानामा हुनसक्ने ठगीप्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा कुनै माध्यमबाट सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
विभागले एक-दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ । विभागले सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास भएर सम्झौताको चरणमा पुगेको जानकारी दिएको हो । विभागले अबको १–२ हप्तामै सेवा सरल हुने सूचनामार्फत स्पष्ट पारेको छ ।
पछिल्ला दिनहरूमा अन्तरिम व्यवस्थापनस्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ ।
अहिलेको ठेकेदारले जिम्मेवारी हस्तान्तरण गर्ने र नयाँ ठेकेदार कम्पनीले जिम्मेवारी लिएर तीन महिनापछि पासपोर्ट छपाइको काम थाल्ने तयारी चलिरहेको छ । तर उसले वितरण गर्नु अगावै समस्या हुने भएपछि सरकार समाधान गर्न लागेको हो ।
अहिले राहदानी विभागसँग करिब डेढ लाख पासपोर्ट स्टक छ । अझै करिब तीन महिना पासपोर्ट बाँड्नुपर्ने भएकाले विभागले दैनिक दुई हजारको हाराहारीमा मात्रै पासपोर्ट बाँडिरहेको छ ।
अहिले परराष्ट्र मन्त्रालयले विशेष काम नपरी नयाँ पासपोर्ट नबनाउन आग्रह गरेको छ । जागिरका लागि विदेश जानुपर्ने, वैदेशिक रोजगारीबाट केही समयका लागि फर्किएकाहरू, बिरामीहरूको उपचार र सरकारी कामकाजमा जानुपर्नेहरूलाई प्राथमिकता दिएर पासपोर्ट वितरण गर्ने काम भइरहेको राहदानी विभागले जनाएको छ ।
सेवाग्राहीहरूलाई सरल, सहज र छिटो सेवा प्रवाह गर्न एवं राहदानीसम्बन्धी समस्याको तत्काल समाधान गर्न तयार रहेकोसमेत विभागले सार्वजनिक सूचनामार्फत जनाएको छ । (राससको सहयोगमा)
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
