पर्यटन व्यवसायले जगाएको आशा : RajdhaniDaily.com

पर्यटन व्यवसायले जगाएको आशा : RajdhaniDaily.com


आजभोलि दैनिक २५ सय देखि ३ हजारका दरले रोजगारीका लागि विदेशिने नेपाली युवाहरुको श्रम र पसिनाले आर्जन गरिएको बिप्रेषणको रकम पनि उच्च मात्रामा बृध्दि भएको अवस्था छ । बढ्दो बेरोजगारीको समस्या केही हदसम्म भए पनि कम गर्ने उच्च सम्भावना रहेको क्षेत्र पर्यटन नै हो । सन् २०२४ को बितेका पाँच महिनामा पाँच लाख भन्दा धेरै पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । पर्यटन विभागको यस तथ्याकले हाम्रो पर्यटन क्षेत्रमा उत्साह थपिएको छ । प्राकृतिक हिसावले सम्पन्न भएको हाम्रो नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रुपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । हावापानीमा रहेका विविधता,जातीय विविधता , धार्मिक विविधता ,साँस्कृतिक विविधता जस्ता अनेकौ कारणले हाम्रो पहिचान नै भिन्न बनाएको छ । माथि उल्लेख गएिका बाहेक पनि अन्य आयामहरुबाट पर्यटन व्यवसायको विकासमा टेवा पुगेको छ । नेपालमा पर्यटक आकर्षित हुनुको कारणहरु अनेक रहेका छन् ।

नेपाल प्राकृतिक सुन्दरताको हिसाबले विश्वमा नै अद्धितिय रहेको छ । यहाँ रह्े्का हिमाली श्रृखलाहरुले विदेशी पर्यटकलाई लोभ्याएको छ । कतिपय स्थानमा पुग्दा स्वर्गानुभूति गराउने भएकोले पर्यटक नेपाल भ्रमण भने पछि अत्यन्तै मोहित हुन्छन् । आज भोलि ग्रामीण पर्यटनको महत्व ज्यादा बढेको देखिन्छ । सहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रुपमा गाँउ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसर समेत प्राप्त गराउँछ । पर्यटकहरु स्वभावैले जिज्ञाषु हुन्छन् । उनीहरु नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका ’boutमा जान्न चाहेका हुन्छन् ।पर्यटन क्षेत्रका विविध आयाम रह्का छन्

गाँउ पर्यटन विश्वभर कोरोना सन् २०२० अन्तिमबाट देखा परेको खतरापूर्ण रोगको कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किरहेको छ । पछिल्ला समय स्वदेशी तथा विदेशी पर्यटकको अवलोकन भ्रमण होस् या विदा मनाउनका लागि नै किन नहोस् गाँउमा पुग्ने गरेका छन् ।यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । यसले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई सो उत्पादनको बजारीकरण हुने भएकोले यसको महिमा झन् बढेको देखिन्छ । दृष्टान्तका लागि कोदो , फापर ,करु ,जौ , सिस्नुको पिठो ,मार्सी चामल ,सिमीको दाल ,सिन्की , लप्सी ,कागुनो जस्ता दर्जर्नौै उत्पादनले चर्चा पाउन् र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाँउ पर्यटनको महत्व ज्यादा रह्को छ ।

पर्यटकले चाहे अनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा पर्यटन व्यवसायबाट मनग्यै लाभ लिन सकिन्छ

होमस्टे नेपालको पर्यटन व्यवसायको विकासमा फस्टाएको अर्को क्षेत्र भनेको होमस्टे व्यवसाय हो । यसले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफलभएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गछ्र्र्र । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँ पनको आभाष गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । मानवीय चाहना भनेकै नयाँ र रमाईला अनुभूति सगाँल्न खोज्ने हुन्छ । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा बरदान नै सावित भएको छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउनका लागि स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरणका माध्यमबाट प्रेरित गर्न सक्नुपर्छ ।

हस्तकलाको विकास पर्यटन व्यवसायबाट नेपालका हिमाली क्षेत्रका भेषभूषा जसमा बख्खु ,स्यामा ,दोचा ,लगायतका विषेश पहिरहन जसले नेपालको विविधता समेत झल्कने मात्र नभई उनीहरुको मौलिकता पनि प्रचारमा आउने भएकोले हस्तकलाको विकास र पर्यटन एक अर्काको परिपुरक हुन्छन् । पहाडी क्षेत्रका विषेश हस्तकलाहरुमा चकटी ,साना साना कलात्मक मुर्तिकलाहरु ,टोपी ,फेटा ,पटुका ,पन्जा ,मुडा जस्ता सामग्रीहरुको व्यापार प्रर्बदन गर्न सकिने भएकोले पर्यटनको विकासका साथमा हस्तकला पनिजोडिन्छ । यसले रोजगार िसमेत सिर्जना गर्छ । त्यसैगरी मधेश प्रदेशको सन्दर्भमा भन्ने हो भने हस्त कलाका सामग्रीहरु जस्तै ढक्कि ,माटाका हाकर्षक भाँडाहरु ,विभिन्न देवी देबताका मुर्ति ,मिथिला चित्रकला आदि महत्वपूर्ण रहेका छन् । पौभा ,थान्का र ग्रन्थचित्र जसलाई हामी कलाका हिसावले उच्च कोटीमा राख्छौँ ।

बञ्जि जम्पिग आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको अर्को आकर्षणको क्षेत्र हो बञ्जी जम्पिग व्यवसाय । यसले पनि रोजगारीका साथै पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्न सफल भएको देखिन्छ । यसलाई हामी साहसिक पर्यटन भन्छौ । नेपालमा साहसिक गतिविधिहरु सञ्चालन गरेर पर्यटन प्रबर्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तिब्र गतिका नदिमा राफ्टिगको सम्भावना ज्यादा रहेकोले यसको हाल भएको विकासलाई थप सहयोग र टेवा दिनका लागि हरेक सम्वन्धित पक्ष गम्भिरताका साथ अगाडि बढ्नुपर्छ । यसैगरी प्याराग्लाइडिग ,हिमाल आरोहण जस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ ।

साँस्कृतिक विविधता नेपालमा भिन्न सँस्कृति र परम्परा भएका १२५ जात जातिका मानिसहरु बसोवास गर्छन् । यहाँ रहेका प्रत्येक जातिका आप्mनै मौलिक परम्परा ,रहनसहन ,रीति रिवाज तथा मुल्य मान्यता रहेको छ । यही सास्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटकहरु नेपालमा आउँछन् । यो हाम्रो विषेश पहिचान पनि भएकोले यसको सम्रक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ ।

नेपालले प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ

धार्मिक तथा ऐतिहासिक स्थानहरु नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिध्द रहेको छ । विश्व सम्पदा सूचिका सूचिकृत भएका मात्र हाम्रो देशमा दशवटा सम्पदाहरु छन् ।पशुपति क्षेत्र ,चितवन राष्टिय निकुञ्ज ,सगरमाथा राष्टिय निकुञ्ज ,बौध्दनाथ महाचैत्य ,लुम्बिनी ,हनुमान ढोका दरबार क्षेत्र ,स्वयम्भूनाथ स्तुप ,पाटन दरवार क्षेत्र ,भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर रहेका छन् । यिनै सम्पदाहरुका कारण पनि पर्यटकहरु नेपाल अवलोकन भ्रमणका लागि आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अबस्था छ ।

हावापानीमा विविधता हाम्रो देश नेपाल हावापानीका हिसावले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण , समशितोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । यो पनि नेपालको पहिचान नै हो भने यसले गर्दा सबै हावापानी रुचाउने पर्यटकलाइ नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सक्भावना समेत बराबर रहेको देखिन्छ ।

वनस्पति र वन्यजन्तुको विविधता नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुमा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज ,आरक्षण र सम्रक्षण क्षेत्रका रुपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुगीहरु प्रशस्त मात्रामा पाइने भएकोले यहाँ पर्यटकहरु अध्ययन र अवलोकन गर्नका लागि आउने गरेका छन् । जसले हाम्रो आर्थिक तथा पर्यटनको विकासमा थप सहयोग पुगेको छ ।

प्राकृतिक सुन्दरता नेपाल प्राकृतिक सुन्दरताको हिसावले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली श्रँखलाहरु ,मनोरम पहाडी स्थलहरु ,विभिन्न प्रकारका भूसतह ,गुफा ,ताल ,झरना तथा नदिहरुले विदेशी पर्यटकहरुको मन लोभ्याउने गरेको वास्तविकता हामी सामु छिपेको छैन । अझहामीले अन्य धेरै स्थानहरुको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहे अनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । यसरी नेपालको आर्थिक ,सामाजिक र समग्र विकासमा योगदानदिने यस पर्यटनको विकासमा तीन वटै सरकारको भूमिका सकारात्मक ,समन्वयात्मक र प्रभावकारी बनाएर जान सकिएमा हाम्रो अपेक्षा अनुसार प्रतिफल समेत प्राप्त गर्न सकिन्छ । आजको बेरोजगारी समस्याको समेत सम्बोधन हुने देखिन्छ ।

(Visited 8 times, 8 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School