परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक



प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार

परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक

नोभेम्बरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा स्थीरता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार प्राय सबै श्रेणीमा भिसा पाउने मितिमा टसमस भएको छैन । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधि बढेको छ ।

२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा नोभेम्बरका लागि पनि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ नै कायम छ । अर्थात् ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले नोभेम्बरमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै, ग्रिन कार्ड वाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने प्राथमिकता मिति नोभेम्बमा पनि १ फेब्रुअरी २०२४ नै कायम भएको छ । अर्थात् १ फेब्रुअरी  २०२४ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले नोभेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक

परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक

त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि नोभेम्बरका लागि प्राथमिकता मिति १ साताको अग्रता कायम भएको छ । यो श्रेणीमा १ डिसेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले नोभेम्बरमा भिसा पाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि नोभेम्बरमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ नै कायम गरिएको छ । ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई नोभेम्बरमा भिसा अन्तरवार्ता मिल्नसक्नेछ ।

त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा नोभेम्बरका लागि उप्राथमिकता मिति ८ जनवरी २००८ नै कायम गरिएको छ । यो मिति अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र नोभेम्बरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएको छ, अर्थात् २२ अक्टोबर २०२५ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा प्राथमिकता मितिमा थोरै अग्रता कायम भएको छ । अक्टोबरमा यो मिति १ जनवरी २०१७ रहेकोमा नोभेम्बरमा ८ मार्च २०१७ कायम भएको छ ।

अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा भने मिति टसमस भएको छैन । यो श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले नोभेम्बरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा अन्य श्रेणीमा पनि ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल भएको छैन । अक्टोबरकै कायम छ । जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ।

परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक

अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी र विवाहित छोराछोरीका लागि अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति नोभेम्बरमा पनि क्रमशः १ सेप्टेम्बर २०१७ र २२ जुलाई २०१२ नै रहेको छ।





Source link

Leave a Comment